विदेश

    Showing १,७८१-१,७९० of २,१३३ items.
  • सुडानमा सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारीमा ५ को मृत्यु, १४०जना घाइते

    काठमाडौँ / सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ । १ सय ४० जना घाइते भएका छन् । सुडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरूको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ । संसारभर यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सुडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १५४ पटक पढिएको
  • सुडानका प्रधानमन्त्री सेनाको नियन्त्रणमा

    एजेन्सी / सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ । अलजजिरा अनलाइनका अनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई सेनाले उनकै घरभित्र नजरबन्दमा राखेको अलजजिरा अनलाइनले जनाको छ ।  सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ ।यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैँले सामाजिक सञ्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् । सञ्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको जनाइएको छ । सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रद

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १५५ पटक पढिएको
  • चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गर्यो

    काठमाडौँ / चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि पहिलो पटक नयाँ कानून बनाएको हो ।चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनको सिमाना नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनामसँग जोडिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १८७ पटक पढिएको
  • ५० लाख डलर टाउकाको मूल्य तोकिएका लागूऔषध तस्कर पक्राउ

    एजेन्सी / दक्षिण अमेरिकी मुलुक कोलम्बियाका एकजना कुख्यात लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागा रहेका छन् ।ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।उनीमाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेसन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सक

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १,२३६ पटक पढिएको
  • दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

    एजेन्सी / दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ। सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन्। सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ। कतिपय अवस्थामा ुकोरोनासँगै जीउन सिकौँु भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ। त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन्। सरकारले

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १४३ पटक पढिएको
  • तालिवानद्धार महिला खेलाडीको टाउको काटेर सामाजिक सञ्जालमा पोष्ट

    एजेन्सी / तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । जिहादीले काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनको टाउको काटेर हत्या गरी  सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन् । महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्वीरमा उनको घाँटीमा चोट लागेको देखिन्छ । जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • २३७ पटक पढिएको
  • कोरोना माहामारी अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

    एजेन्सी  / विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिने सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले स्पष्ट पारेका हुन् ।हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेको तथ्यांक रहेको छ ।खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । डब्ल्यूएचओका अनुसार सोचेभन्दा एक वर्ष बढी कोरेना माहामारी लम्बिने अवस्था देखिएको हो । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १८० पटक पढिएको
  • केरलामा बाढीपहिरोको कारण २४ को मृत्यु

    बिर्तामोड / भारतको दक्षिणी राज्य केरलामा बाढी–पहिरोकाे कारण २४ जनाको ज्यान गएको छ। शुक्रबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढी–पहिरोमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिबिसीका अनुसार अहिले सम्म बाढी–पहिरोमा परी हराइरहेका दुई दर्जन शव फेला परिसकेको छ। यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा थप दुई जना हराएका छन्। उनीहरूको खोजी कार्य जारी छ।बाढीमा परेर ज्यान गुमाएकामध्ये पाँच जना बालबालिका रहेका छन् । साथै दर्जन बढी बेपत्ता भएको अनुमान छ । बाढीका कारण यहाँको बाटो र बिजुली अवरुद्ध भएका कारण उद्धार गर्न निकै कठिन भएको बताइएको छ।त्यस्तै १८४ वटा उद्धार शिविर बनाएर ती ठा

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • १६५ पटक पढिएको
  • अष्ट्रियाका चान्सलरले दिए राजीनामा

    बिर्तामोड(एजेन्सी) अष्ट्रियाका चान्सलर सेबस्टियन कुर्जले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारमा मुछिएका कुर्जले अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजिनामा दिएको बताएका छन् । उनले आफ्नो स्थान विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेको समेत बताएका छन् । कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ जना अधिकारीहरु अहिले अनुसन्धानको क्रममा छन् । कुर्जले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । कुर्जले सरकारको राम्रो समाचार मात्र बनाउन एक ट्याबलेट पत्रिकालाई प्रयोग गरेको आरोप छ ।कुर्जको प

    • प्रकाशित मितिः असोज २४, २०७८
    • १६५ पटक पढिएको
  • भारतमा सक्रिय संक्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

    नयाँदिल्ली / भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा पुनःकमी आएको छ। दैनिक संक्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ। अघिल्लो दिन १९ हजार ७४० जना नयाँ संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जना नयाँ संक्रमित थपिएका हुन्।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ संक्रमित थपिने गरेको जनाएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३० हजार ९७१ जना सक

    • प्रकाशित मितिः असोज २४, २०७८
    • १६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.