विदेश

    Showing १,८७१-१,८८० of २,१३३ items.
  • भारतमा सक्रिय सङ्क्रमित दर घट्दै

    काठमाडौँ / भारतमा सोमबार सक्रिय सङ्क्रमितको दर घटेको छ । पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ४ सय २१ कोरोना सङ्क्रमित थपिँदा ४१ हजार ४ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ सय ७६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । सोमबार एकैदिन १४ हजार ४०२ जना सक्रिय सङ्क्रमित कम भएका छन् । हाल भारतमा ३.८२ लाख सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या गत २३ मार्च यता सबैभन्दा कम हो। भारतमा हालसम्म ३.१९ करोड सङ्क्रमित भएका छन् भने संक्रमित मध्ये ३.११ करोड निको पनि भएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म ४.२८ लाखको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • २१३ पटक पढिएको
  • सरकारी सुरक्षा कारबाहीमा परी ५ सय ७० लडाकु मारिए

    काठमाडौँ / अफगानिस्तानमा सङ्घर्षरत तालिवान विद्रोही लडाकुहरूले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । त्यसैक्रममा सुरक्षा कारबाहीका क्रममा एकैदिन थप ५ सय ७० जना विद्रोही लडाकुको मृत्यु भएको छ। घटना क्रममा अरु १ सय ६१ जना घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन् । देशका नानगाहार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीर लगायतका क्षेत्रमा घटना भएका हुन् ।पछिल्लो २४ घण्टामा तखार प्रान्तको राजधानी तालुकलाई आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गर्दै प्रतिबन्धित तालिवान लडाकूहरू मारिएको रक्षा मन्त्राल

    • प्रकाशित मितिः साउन २५, २०७८
    • १८८ पटक पढिएको
  • सुरक्षा कारबाहीमा परी ३ सय ८५ लडाकु मारिए, २ सय १० घाइते

    काठमाडौँ  / अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप तीन सय ८५ जना तालिवान लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु दुई सय १० जना घाइते भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । रक्षा मन्त्रालयका अधिकारीका अनुसार देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता मिलेको छ ।विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् ।पछिल्ला केही हप्ता अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।  तालिवान लडाकूले देशक

    • प्रकाशित मितिः साउन २३, २०७८
    • ३८१ पटक पढिएको
  • भारतमा कोरोना संक्रमितको संख्या घट्दै

    काठमाडौँ / भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।शनिबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।भारतमा कूल ४ लाख १२ हजार १ सय ५३ सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीका अनुसार भारतमा कुल सङ्क्रमितको सङ्ख्या हालसम्म तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन् ।सङ्क्रमित भएर पनि निको हुनेको सङ्ख्या ३ करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः साउन २३, २०७८
    • १७९ पटक पढिएको
  • शिवगन्जमा चट्याङमा परेर १६ जनाको मृत्यु

    बिर्तामोड  / बङ्गलादेशकाे  शिवगन्जमा चट्याङमा परेर १६ जनाको मृत्यु भएको छ । शिवगन्जको एक विवाह भोजमा सहभागि भएकाहरूलाई चट्याङले लाग्दा १६ को मृत्यु भएको हो ।  स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरी सहितको वर्षात भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् । 

    • प्रकाशित मितिः साउन २१, २०७८
    • १८४ पटक पढिएको
  • अफगानिस्तानमा एकै दिन २ सय ७४ तालिवान लडाकु मारिए

    काठमाडौँ / अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीको कारबाहीमा परी एकै दिन २ सय ७४ तालिवान लडाकुको मृत्यु भएको छ । देशका विभिन्न प्रान्तमा गरिएको कारवाहीमा परी उनीहरूको मृत्यु भएको भएको अधिकारीले जानकारी दिएका छन् ।  सोही कारवाहीमा परी १ सय १९ जना घाइते भएका छन् । सरकारी सुरक्षाकर्मीले विषेश गरी नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सुरक्षा कारबाही चलाएका थिए ।लडाकुको आश्रयस्थल र उनीहरूले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।अफगानिस्तानका लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका ब

    • प्रकाशित मितिः साउन २१, २०७८
    • १५१ पटक पढिएको
  • भारतमा थप ४२ हजार छ सय २५ जनामा संक्रमण पुष्टि, ५ सय ६२ जनाको मृत्यु

    काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप ४२ हजार ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिले सम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनको सङ्ख्या तीन करोड १७ लाख ६९ हजार एक सय ३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार तीन सय ५३ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो । गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

    • प्रकाशित मितिः साउन २०, २०७८
    • १८२ पटक पढिएको
  • दक्षिण कोरियामा नयाँ भेरिएन्टका सङ्क्रमितकाे संख्यामा वृद्धि

    बिर्तामोड / दक्षिण कोरियामा गएको पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।अधिकारीका अनुसार यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड –१९ को नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको  छ । दक्षिण कोरियामा नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • १४७ पटक पढिएको
  • जापानको अन्य चार क्षेत्रमा पनि स्वास्थ्य संकटकाल

    बिर्तामोड / कोरोना संक्रमण रोकथामका लागि जापानको अन्य चार क्षेत्रमा पनि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।कोभिड –१९ संक्रमण तिव्र गतिमा फैलिए पछि जापानको  चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल घोषणा गरिएको हो । यसअघि  राजधानी टोकियो र ओकिनावामा स्वास्थ्य संकटकाल घोषण गरिएको थियो ।सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने सरकारी अधिकारीहरूले जनाएका छन् । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि थप गरिएको छ ।जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको बताइएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • १७९ पटक पढिएको
  • भारतमा थप ४० हजार १३४ कोरोना संक्रमित

    नयाँदिल्ली / भारतमा पछिल्लो केहि दिनयता दैनिक ४० हजार जनामा कोरोना संक्रमण पुष्टी हुने गरेको छ । संक्रमितको अनुपात ३६ दिनदेखि ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरुको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा थप ४० हजार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ । त्यसैगरी कोर

    • प्रकाशित मितिः साउन १८, २०७८
    • १७० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.