विदेश

    Showing १,८९१-१,९०० of २,१३३ items.
  • अफगानिस्तानमा ८९ लडाकू र ४२ आमनागरिकको मृत्यु

    काबुल / अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए । अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । लडाकूहरुको आक्रमणमा परी

    • प्रकाशित मितिः साउन ११, २०७८
    • १५० पटक पढिएको
  • लुगाले कोरोना संक्रमण रोक्ने अफवाह फैलाउने कम्पनीलाई जरिवाना

    सिड्नी / लुगाले कोरोना संक्रमण रोक्ने दाबी गर्दै आएको एउटा कम्पनीलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ ।  लोर्ना जेन नामक उक्त कम्पनीले अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने लुगाहरु बनाउने गर्दछ । लुगाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड –१९ को विस्तारलाई रोकिदिएको दाबी गरेका कारण उक्त कम्पनीले जरिवाना तिर्नु परेको हो ।एक्टिभवेअर फर्म लोर्ना जेनुले सबै रोगकारक कीटाणुको विस्तार रोक्न आफ्नो लुगामा एलजे शील्ड नामक अभूतपूर्व प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो। तथ्यहीन दाबी गर्ने उक्त कम्पनीलाई संघीय अदालतको आदेशानुसार ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको

    • प्रकाशित मितिः साउन ११, २०७८
    • १५९ पटक पढिएको
  • इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

    बिर्तामोड(सिन्ह्वा) इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् । इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुने

    • प्रकाशित मितिः साउन ११, २०७८
    • १४५ पटक पढिएको
  • ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद् निलम्बन

    ट्युनिस(सिन्ह्वा) ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् भने संसद् पनि निलम्बन  गरेको बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद पनि निलम्बन गरेको बताइएको छ ।आइतबार राति सेइदले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए ।  राष्ट्रपति सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेको बताइएको छ । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेत

    • प्रकाशित मितिः साउन ११, २०७८
    • १५१ पटक पढिएको
  • भारतमा बर्षापछिको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४

    एजेन्सी /  भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ ।  भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।  महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने प

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १५९ पटक पढिएको
  • अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरूमा प्रदर्शन

    एजेन्सी / अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे । सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गरेका छन् । 

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १५१ पटक पढिएको
  • अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

    काठमाडौँ  / सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्यूजलगायतका वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित भएका छन् ।एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीका प्रबन्ध निर्देशक क्याथरिन ब्राण्ड भन्छन्, “प्रविधिका क्षेत्रमा विद्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउनसक्ने सोचसहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गछौँ । सगुन एउटा प्रविधिको क्षेत्रमा उच्च सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेका छौँ ।”एक्जेम्प्लर कम्पनीसँगको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १३५ पटक पढिएको
  • हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० को मृत्यु

    एजेन्सी / सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १६५ पटक पढिएको
  • टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

    एजेन्सी / जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १४७ पटक पढिएको
  • भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

    एजेन्सी / भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका हुन् ।  नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको कुल सङ्ख्या घटेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ ।  भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.