विदेश

    Showing १,९६१-१,९७० of २,१३३ items.
  • विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ

    याङ्गुन(एजेन्सी) म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।म्यानमारमा गत

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • १५५ पटक पढिएको
  • सैनिक विमान दुर्घटना, १२ जनाको मृत्यु

    याङ्गुन(एजेन्सी) म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण  सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।उनले उक्त दुर्घटना भएको विमान खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • १७६ पटक पढिएको
  • भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु

    लखनऊ / भारतको उत्तर प्रदेशमा बसले  भ्यानलाई ठक्कर दिँदा  १७ जनाको मृत्यु र अठार जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदा बादतर्फ जाँदै थिए । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए ।उक्त घटनामा परेका १६ जनाको घटनास्थ

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १३१ पटक पढिएको
  • कोरोनाबाट मृत्यु हुनेको परिवारलाई ४ लाख !

    एजेन्सी / भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति  तिर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् । कानुन व्यवसायी गौरव कुमारले सर्वोच्च अदालतमा दायर गरेको रिटको बहस पछि अदालतले सो फैसला गरेको हो । दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषा अनुशार कोरोना पनि महाविपत्ति भएको ठहर गर्दै आदालतले मृत्यु प्रमाणपत्रमा मृत्युको कारण खुलेको अवस्थामा क्षतिपुर्ति दिन आदेश दिएको हो । मृतकको परिवारलाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएपछि कोरोनाबाट मर

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • २४६ पटक पढिएको
  • अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

    वासिङ्टन / अमेरिकाको वासिङ्टन राज्यले कारोनाभाईरस विरुद्धको खोप लगाउने लाई गाँजा उपहार दिने कार्यक्रम सन्चालन गरेको छ ।  उक्त कार्यक्रममा खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिइने सोमबार घोषणा गरीएको हो । उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्स राखिएको छ। युवाहरु खोप लगाउन उत्प्रेरित हुने आशामा सन्चालित यस कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरि

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १४७ पटक पढिएको
  • भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

    भारत / पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ ।कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीको कारण स्पष्ट हुनसकेको छैन । पुनेको औद्योगिक क्षेत्रमा रहेको  ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा म

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १४४ पटक पढिएको
  • भारतमा भेटियो कोरोनाको नयाँ प्रजाति , खतरनाक रहेको विज्ञको भनाई

    बिर्तामोड / कोरोना  नियन्त्रण उन्मुख रहेका दक्षिण एसियाली मुलुकलाई भयवित वनाउने गरी कोरोनाको हालसम्म पहिचान भएका प्रजाति भन्दा बेस संक्रामक र खतरनाक किसिमको नयाँ प्रजाति भारतमा देखा परेको छ । भारतको पुणे स्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा भेटिएको पुष्टि गरेको हो ।भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले इन्स्टिच्युटलाई उदृत गर्दै सार्वजनिक गरेको समाचारमा नयाँ भाईरस अन्य भाईरस भन्दा खतरनाक र कयौं गुणा वेसी संक्रामक रहेको जनाएको छ । इन्स्टिच्युटले कोरोनको नयाँ प्रजातिलाई B.1.1.28.2 नाम दिएको छ । नयाँ प्रजातीको  कोरोना संक्रमितमा गम्भीर लक्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • २२८ पटक पढिएको
  • नाइजेरियामा बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

    अबुजा(एजेन्सी) नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् । शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्र

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • १३६ पटक पढिएको
  • बन्दुकधारीको आक्रमणबाट ८८ जनाको मृत्यु

    बिर्तामोड(एजेन्सी) बन्दुकधारीको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए । थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।  यसअघि गत अप्रिलमा पनि सो

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ११६ पटक पढिएको
  • बुर्किनामा आतंककारी हमलाबाट १३२ जनाको मृत्यु

    काठमाडौं  / पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमला हुँदा १ सय ३२ जनाको मृत्यु भएको छ ।आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको समाचारमा उल्लेख छ ।बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ । यस आक्रमणको लागि अहिलेस

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • १४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.