विदेश

    Showing २१-३० of २,१३३ items.
  • रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

    काठमाडौं / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदायमाथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् ।सामाजिक सञ्जाल एक्समा सोमबार उनले म्यान्मार, बंगलादेश तथा क्षेत्रका अन्य स्थानमा रहेका रोहिङ्ग्या समुदायले बढ्दो असुरक्षा, संरक्षणको खुम्चिँदो दायरा र दीर्घकालीन समाधानको घट्दो सम्भावनाको सामना गरिरहेको बताएका हुन् । उनले अन्तर्राष्ट्रिय सहयोगमा आएको कटौतीका कारण जीवनरक्षक मानवीय सहायता समेत प्रभावित भएको उल्लेख गरे ।गुटेरेसले रोहिङ्ग्या संकट

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २१६ पटक पढिएको
  • पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक

    काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा टिम तियानझुओको ह्युमानोइड रोबोटले १,५०० मिटर दौडको स्वर्ण पदक जितेको छ ।आइतबार सम्पन्न दौडमा तियानझुओको रोबोटले १,५०० मिटर दूरी २ मिनेट २१ दशमलव ६३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा सहभागि रोबोटहरूले तीव्र गतिमा दौड सुरु गरेका थिए । घुम्तीमा सन्तुलन कायम राख्दै उनीहरूले शरीरको भार केन्द्रलाई आवश्यकताअनुसार भित्रतर्फ सार्दै सहज रूपमा दौड पूरा गरेका थिए । तीव्र गति र चुस्तताका कारण तियानझुओको रोबोटले अन्तिममा बाजी मारेको हो ।प्रतियोगिता हेर्न पुगेका काङ तियानयुले रोबोट खेलकुद प्रविधि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १७७ पटक पढिएको
  • चन्द्रमाको बरफ खोज्दै चीन, चाङ्गी–७ को महाअभियान

    काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा लुकेको बरफको खोजी गर्न चीनले आफ्नो महत्वाकांक्षी रोबोटिक मिसन ‘चाङ्गी–७’ अघि बढाएको छ। यो अभियान चन्द्रमामा पानीको सम्भावित स्रोत पत्ता लगाउने चीनको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।चाङ्गी–७ ले दक्षिणी ध्रुवस्थित करिब २१ किलोमिटर चौडा सेकलटन क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गर्नेछ। मिसनमा अर्बिटर, ल्यान्डर, रोभर र हपर गरी चार प्रमुख यान रहनेछन्।अर्बिटरले चन्द्रमाको सतहको नक्सांकन र सञ्चारको काम गर्नेछ भने ल्यान्डरले वैज्ञानिक उपकरणसहित अवतरण गर्नेछ। रोभरले माटो तथा चट्टानको अध्ययन गर्नेछ। सबैभन्दा विशेष छ खुट्टे हपर भने सामान्य रोभर पुग्न नसक्ने गहिरा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २५२ पटक पढिएको
  • हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

    तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।तलाइ–निकका अनुसार फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धपछि केही रणनीतिक सैन्य सामग्री र उपकरणको उत्पादन तीन गुणाभन्दा बढीले बढाइएको छ । उनले जुनमा इजरायलसँग भएको १२ दिने युद्धका क्रममा इरानको रक्षा उद्योगका केही सीमित संरचनामा आक्रमण भए पनि उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरिएको दाबी गरे ।उनले इरानको स्वतन्त्रतामाथि बाह्य शक्तिबाट हुने आक्रमणको जोखिम सामना गर्न सैन्य

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १८८ पटक पढिएको
  • अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

    काठमाडौं । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले शनिबार सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको दाबी गर्दै अमेरिकाले आफ्नो व्यवहार सच्याएर प्रतिबद्धता पूरा गरेपछि मात्रै यो मार्ग खोलिने बताए ।उनले अमेरिकाले सैन्य विकल्पबाट अपेक्षित परिणाम हासिल गर्न नसकेपछि अहिले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब बढाउन खोजिरहेको आरोप लगाए । उनका अनुसा

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २०४ पटक पढिएको
  • नेपालसहित ७५ देशको भिसा रोक्ने ट्रम्प नीतिमा अदालतको ब्रेक

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाएको निर्णयमा संघीय अदालतले ब्रेक लगाएको छ । न्युयोर्कको म्यानहट्टनस्थित संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट भार्गासले राष्ट्रियताको आधारमा मात्रै भिसा अस्वीकार गर्न नमिल्ने भन्दै ट्रम्प प्रशासनको नीति गैरकानुनी ठहर गरेकी हुन् । यो फैसलाले अमेरिकामा स्थायी बसोबास, रोजगारी वा परिवार पुनर्मिलनका लागि जाने नेपालीसहित प्रभावित देशका नागरिकलाई राहतको बाटो खोलेको छ ।ट्रम्प प्रशासनले गत जनवरीमा नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको थियो । अमे

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २४२ पटक पढिएको
  • गाजाको बन्दरगाह क्षेत्रमा हवाई आक्रमण, आठ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी /  गाजा सहरको पश्चिमी समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार हमास सदस्यसहित कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्, जसमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण अचानक भएको थियो। समुद्री किनारमा गर्मीबाट राहत लिन र आश्रय लिएर बसेका सर्वसाधारणमाथि क्षेप्यास्त्र खस्दा घटनास्थलमा ठूलो मानवीय क्षति भएको उनीहरूको भनाइ छ। उक्त क्षेत्रमा लामो समयदेखि सयौँ विस्थापित परिवार अस्थायी रूपमा बसोबास गर्दै आएका थिए।स्थानीय बासिन्दाले विस्फोटपछि उद्धार कार्य निकै कठिन बनेको

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२७ पटक पढिएको
  • श्रीलङ्काको बजारमा विस्तारियो नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’

    काठमाडौं / नेपालमा विकसित कृत्रिम बुद्धिमत्ता (एआई)  आधारित सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्दै श्रीलङ्काको अग्रणी दूरसञ्चार कम्पनी ‘डायलग आजियाटा’सँग रणनीतिक साझेदारी गरेको छ।सम्झौतामा टिङटिङको मूल कम्पनी प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलग आजियाटाका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्रिक्साका सिईओ शर्माले श्रीलङ्काको प्रतिष्ठित दूरसञ्चार कम्पनीसँगको सहकार्यले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२४ पटक पढिएको
  • अलास्कामा अवतरणका क्रममा चार्टर विमान दुर्घटना, दुई पाइलटसहित ८ जना बेपत्ता

    अलास्का । अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। दुर्घटनापछि विमानमा रहेका दुई पाइलट र छ यात्रुको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा दुर्घटना भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार विमान एन्कोरेजबाट केप न्युवेनहमतर्फ उडेको थियो।प्रारम्भिक विवरणअनुसार गन्तव्यतर्फ पुगेर अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ।नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड ९एनटीएसबी० का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनले विमानमा दुई पाइलट र छ यात्रु गरी आठ जना रहेको पुष

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८८ पटक पढिएको
  • इरानमाथि ट्रम्पको ‘आर्थिक युद्ध’ घोषणा, साथ दिने देशलाई पनि कारबाहीको चेतावनी

    काठमाडौं । अमेरिका–इरान तनाव अब अर्को खतरनाक मोडमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक अभियान सुरु गर्ने घोषणा गर्दै तेहरानलाई सहयोग गर्ने जुनसुकै देशमाथि पनि ‘ठूलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पको यो घोषणाले इरानमाथिको दबाबलाई सैन्य मोर्चाबाट आर्थिक र अन्तर्राष्ट्रिय व्यापारको मोर्चामा थप विस्तार गरेको छ।ट्रम्पले इरानसँग सम्झौता गर्ने पर्याप्त अवसर दिइएको तर तेहरानले त्यसलाई गुमाएको दाबी गरेका छन्। त्यसपछि अब इरानलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट झन् एक्ल्याउने र उसको आम्दानीका प्रमुख स्रोत बन्द गर्ने रणनीति अघि बढाउने उनक

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ४४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.