विदेश

    Showing ३३१-३४० of २,१३३ items.
  • नाइजेरियाली महिलासम्बन्धी विवादले संसद ततायो, सांसद कार्कीमाथि कारबाही माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद  कृष्ण कुमार कार्की विरुद्ध उठेको विवाद प्रतिनिधि सभासम्म पुगेको छ।मंगलबार बसेको संसद बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा चर्चामा रहेको आरोपबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।सांसद कार्कीमाथि एक नाइजेरियाली महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि विषयले राजनीतिक तरंग पैदा गरेको हो। संसदमा बोल्दै विकले यस्ता घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पुग्ने बताइन्। उनले निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए कानुनी तथा संसदीय कारबाही गर्न सरकारसँग माग गरिन

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १,५८० पटक पढिएको
  • नेपालका आइटी व्यवसायी अमेरिकामा, नेपाल टेक रोडशो यूएसएको आयोजना

    अमेरिका— अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज ‘नास–आइटी’ र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५२२ पटक पढिएको
  • चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं— चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३ वटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।भूकम्पको गहिराइ आठ किलोमिटर रहेको बताइएको छ । मुख्य भूकम्पअघि र पछि २.२ देखि ३.२ म्याग्निच्युडसम्मका पाँच वटा पर

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ५८१ पटक पढिएको
  • कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं— कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा भाग लिन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ५३२ पटक पढिएको
  • मस्को क्षेत्रमा ड्रोन आक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं— युक्रेनको ड्रोन आक्रमणमा रुसका विभिन्न क्षेत्रमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जनाको मृत्यु मस्को क्षेत्रमै भएको हो भने १ जनाको मृत्यु बेल्गोरोड क्षेत्रमा भएको अधिकारीहरूले जनाएका छन् ।यो आक्रमणलाई पछिल्लो एक वर्षमा रुसमाथि भएको सबैभन्दा ठूलो ड्रोन हमला हो । मस्को क्षेत्रका गभर्नर एन्ड्रेई भोरोब्योभका अनुसार खिम्की क्षेत्रमा एउटा घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको छ । मितिश्ची जिल्लाको पोगोरेल्की गाउँमा दुई पुरुषको मृत्यु भएको पनि उनले बताए । धेरै आवासीय भवन र पूर्वाधारमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको छ ।मस्कोका मेयर सेर्गेई

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ७६६ पटक पढिएको
  • चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

    काठमाडौं— भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो ।‘नोटिफिकेशन नम्बर १७/२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।विदेश व्यापार (विकास तथा नियमन) ऐन, १९९२ तथा विदेश व्यापार नीति, २०२३ अन्तर्गत सरकारले आटिसी एचएस कोड ७१०६९

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५९४ पटक पढिएको
  • चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन्ः सी जिनपिङ

    एजेन्सी— बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् ।सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्छन्,’ उनले भने।हामीले हाम्रो सम्बन्धलाई सफल बनाउनुपर्छ, र कहिल्यै पनि बिगार्न हुँदैन। चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टक

    • प्रकाशित मितिः जेठ १, २०८३
    • १,११६ पटक पढिएको
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन् ।बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि स्वागत समारोहमा उपस्थित थिए ।ट्रम्पको स्वागतका क्रममा जनमुक्ति सेनाले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो । सैन्य ब्यान्डको धुनसँगै चिनियाँ युवा समूहले दुवै देशका झण्डा फहराउँदै अमेरिकी राष्ट्रपतिलाई स्वागत गरेका थिए ।यो भ्रमण पछिल्लो नौ वर

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ५४३ पटक पढिएको
  • इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरिका शान्तिपूर्ण रूपमा वा अन्य माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने तयारीमा रहेको बताएका हुन् ।ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए । उनले इरानसँगको तनाव समाधानका लागि चिनियाँ राष्ट्रप

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ६०२ पटक पढिएको
  • चीनमा चालकविहीन सवारी साधनहरूको प्रयोग बढ्दो, यसरी दिइरहेका छन् सेवा

    एजेन्सी— चालकविहीन सवारी साधनहरूले चीनको यातायातको भविष्यलाई नयाँ गति दिने संकेत गरेको छ । चीनका सडकमा चालकविहीन बस गुडिरहेको देख्न सकिन्छ ।बेइजिङमा यो बस लगभग ३५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको छ र यसको एआई अपरेटिङ सिस्टमको कारणले लेन, मोड र ब्रेक आफैं परिवर्तन गर्छ। बस विमानस्थलहरूमा कर्मचारीहरू र यात्रुहरूलाई ढुवानी गर्न प्रयोग गरिनेछ।‘यसले मुख्यतया दुई परिदृश्यहरूमा सेवा गर्दछ। पहिलो विमानस्थलहरूमा हो, जहाँ हाल विमानस्थल कर्मचारी र एयरलाइन कर्मचारीहरूको लागि चालकविहीन सञ्चालन प्रदान गर्न यसलाई प्रवद्र्धन र लागू गर्दैछौं। परिपक्व भएपछि, यो बिस्तारै यात्रुहरुको सेवामा विस्तार हुन

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ४६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.