विदेश

    Showing ३६१-३७० of २,१३३ items.
  • लेबनानमा इजरायलको क्षेप्यास्त्र आक्रमण

    एजेन्सि— इजरायली सेनाले दक्षिणी लेबनानका सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको छ । सर्वसाधारणलाई कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिइएको छ ।रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ ।इजरायली सेनाले हिजबुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेकाले यस्तो कदम चालिएको बताएको छ । साथै, हिजबुल्लाहका लडाकु वा तिनका संरचनानजिक रहेका जो कोहीलाई जोखिम हुन सक्ने चेतावनी पनि दिएको छ ।इजरायलले पछिल्लो समय दक्षिणी लेबनानमा लगातार

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ४८२ पटक पढिएको
  • इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन् ।शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन,‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु । तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन ।’फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रका

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ४१६ पटक पढिएको
  • विदेशमा पढ्ने नेपाली विद्यार्थीहरूलाई सघाउन एनआरएनए तत्परः अध्यक्ष डा.शर्मा

    लन्डन— गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् ।गैर आवासीय नेपाली संघ युकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको ब

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ४९८ पटक पढिएको
  • बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

    ढाका— बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सेमिनारको उद्घाटन सत्रमाका महानिर्देशक फरक बासिफले स्वागत मन्तव्य राख्दै फोटो पत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । त्यसपछि बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ४९५ पटक पढिएको
  • पीएसजीले ९ गोलको रोमाञ्चक खेलमा बायर्नलाई हरायो

    लन्डन, (एजेन्सी)— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित हासिल गरेको छ । पेरिसमा घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीले पाहुना टोली जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई ५–४ ले हराएको हो ।कूल ९ गोल भएपछि च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोलको सेमिफाइनल खेल भएको कीर्तिमानसमेत निर्धारण भयो ।यो खेलमा पीएसजीले जित निकालेपनि अहिले नै फाइनल पुग्ने संभावना भने छैन । अर्को साता हुने दोस्रो लेगको खेलले मात्रै फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । यो खेलमा दूरी १ गोलकै मात्र भएको हुँदा फुटबल पण्डितहरूले अर्को लेग निकै रोमाञ्चक हुने अनुमान

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ५२७ पटक पढिएको
  • परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजमा इरान नझुक्ने, ट्रम्पद्वारा नाकाबन्दीको बचाउ

    तेहरान— इरान र अमेरिकाबिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हाबी भएको छ ।इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी नहटाएसम्म परमाणु मुद्दामा कुनै पनि वार्ता नगर्ने अडान राखेको छ । इरानले ओमानलाई साथमा लिएर स्ट्रेट अफ होर्मुजमा जहाजहरूबाट कर उठाउने र यमनका हुथी विद्रोहीहरूमार्फत बाब एल मन्डेब जलसन्धिमा दबाब सिर्जना गर्ने नयाँ रणनीति अपनाइरहेको विश्लेषण

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४८० पटक पढिएको
  • कुवेतमा मे ३ देखि सरकारी कार्यालयहरू पूर्ण क्षमतामा सञ्चालन हुने

    काठमाडौं— कुवेतले आगामी आइतबार (मे ३) देखि सबै सरकारी निकायहरूमा कर्मचारीहरूको पूर्ण उपस्थिति र नियमित कार्यालय समय पुनः लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको निर्देशनपछि नागरिक सेवा आयोगले सबै मन्त्रालय र सार्वजनिक संस्थानहरूलाई सामान्य कार्यतालिकामा फर्कन परिपत्र जारी गरेको हो।कुवेत न्यूज एजेन्सीका अनुसार पछिल्ला हप्ताहरूमा लागू गरिएको कार्यघण्टाको कटौती अब अन्त्य भएको छ र कर्मचारीहरू पुनः दैनिक सात घण्टाको नियमित कार्यदिनमा फर्कनुपर्नेछ। अधिकारीहरूले यो निर्देशनलाई कडा रूपमा कार्यान्वयन गर्न र पूर्ण परिचालन क्षमतामा सहज रूपान्तरणका लागि आग्रह गरेका छन्।गत महिना क्षेत्रीय सुरक्

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २८१ पटक पढिएको
  • मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४४८ पटक पढिएको
  • अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैनः इरानी सेना

    काठमाडौं— इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको स्थिति अझै कायमै रहेको बताएको छ । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी समेत गरेको छ ।इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमिर अक्रमिनियाले वर्तमान अवस्थालाई सैन्य दृष्टिकोणबाट अझै पनि युद्धकै स्थितिका रूपमा हेरिएको बताएका छन् । उनले भने,‘परिस्थिति अझैं युद्धकै हो, र हाम्रा सेनाहरूले आफ्ना लक्ष्य र उपकरणहरूलाई अद्यावधिक गरिसकेका छन् ।’प्रवक्ता अक्रमिनियाका अनुसार हर्मुज जलसन्धिको पश्चिमी खण्ड इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र पूर्वी ख

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४८० पटक पढिएको
  • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

    टेक्सस। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् ।टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिनुभयो ।अमेरिकाका विभिन्न नौ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावा

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ३४३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.