विदेश

    Showing ३८१-३९० of २,१३३ items.
  • इरान युद्ध सकिँदासम्म युक्रेनले कुर्न सक्दैन: जेलेन्स्की

    किभ— युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानमा जारी युद्धका कारण युक्रेनमा रुसी आक्रमकता ओझेलमा परेको बताएका छन् । इरान युद्ध अन्त्य नभएसम्म युक्रेनमा जारी लडाई अन्त्य गर्ने प्रयास फेरि थाल्न सकिँदैन भनेर सोच्नु नै ठुलो खतरा हुने उनले बताएका छन् ।सीएनएनकी क्रिष्टिन अमनपुरलाई दिएको अन्तर्वार्तामा किभस्थित राष्ट्रपति कार्यालयबाट बोल्दै उनले अमेरिकासँग प्राविधिक तहमा वार्ता भइरहेको भए पनि इरानको मामिला नटुङ्गिएसम्म उच्चस्तरीय भेटघाटको अवसर नदेखिएको उल्लेख गरे ।इरान र युक्रेनका विषयमा एउटै अमेरिकी वार्ता टोली सक्रिय हुनु पनि चुनौती भएको जेलेन्स्कीले बताए । उक्त टोलीको नेतृत्व स्टिभ विटकफ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ४३४ पटक पढिएको
  • दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु

    काठमाडौं । दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । यस घटनाले युद्धविरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सी लाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।रिपोर्टका अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको अल–तिरी गाउँमा एउटा सवारी साधनलाई निशाना बनाउँदा दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले उक्त गाडी हिजबुल्लाह समूहले प्रयोग गर्ने क्षेत्रबाट निस्किएकाले आक्रमण गरिएको दाबी गरेको छ ।त्यस्तै, अर्को एक गाउँको भवनमा भएको हवाई आक्रमणमा परी अल अखबर न्युज आउटलेटमा कार्यरत एक महिला पत्रकारको मृत्यु भएको छ ।आक्रमणपछि उनी भवनको भग्नावशेषमा फसेक

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २०४ पटक पढिएको
  • हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

    काठमाडौं— हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन,‘इरान हर्मुज जलमार्ग बन्द भएको चाहँदैन, उनीहरू यो खुला होस् भन्ने चाहन्छन् ताकि उनीहरूले दैनिक ५० करोड डलर कमाउन सकून् । जलमार्ग बन्द भएकोले उनीहरूले अहिले त्यति नै रकम गुमाइरहेका छन् ।’ट्रम्पका अनुसार इरानले सार्वजनिक रूपमा जलमार्ग बन्द गर्ने जुन धम्की दिइरहेको छ, त्यो केवल विश्वसामु आफ्नो

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ४८२ पटक पढिएको
  • इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबीः इस्लामावादमा निर्णायक वार्ता हुँदै

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं । हाम्रो सेनाले अद्भुत काम गरेको छ । ‘उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए । ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी–मिसाइल उपकरणहरू बाँकी छैनन् ।ट्रम्पले अमेरिकाले

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४८६ पटक पढिएको
  • किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण

    काठमाडौं— उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ । उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो । ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए ।उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन् । प्योङयाङले यी मिसाइलहरू

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५४८ पटक पढिएको
  • बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि

    काठमाडौं— प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङ स्थीत ई–टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ ।आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो । बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो । यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो । दुवै विधाका रोबोटहरूले एउटै मार्गमा प्रतिस्पर्धा गरे तापनि नतिजा गणना गर्दा स्वायत्त नेभि

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५५७ पटक पढिएको
  • चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकासस् अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

    काठमाडौं— हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ ।चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो । उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन ।चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पन

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५४९ पटक पढिएको
  • युद्धविराम कायम राख्न इजरायल–लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेः हिज्बुल्लाह प्रमुख

    काठमाडौं— हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन् ।कासेमका अनुसार आगामी चरणमा बन्दीहरूलाई रिहा गर्ने र सीमावर्ती क्षेत्रका विस्थापित नागरिकलाई घर फर्काउने प्रक्रिया अघि बढाउनुपर्नेछ । त्यसपछि अरब राष्ट्रहरूको सहयोगमा व्यापक पुनर्निर्माण कार्य सञ्चालन गरिनुपर्ने उनले उल्लेख गरे ।उनले युद्धव

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ४७४ पटक पढिएको
  • युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

    एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय समय बिहीबार र शुक्रबार मध्यरातमा लागू हुनुभन्दा ठीक अघि, इजरायल रक्षा बलले बिहीबार दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ ।लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा धेरै मानिसहरू मारिएका वा घाइते भएका छन्, जसमा धेरै चिकित्सा कर्मचारीहरू पनि छन् ।यसैबीच, इजरायली युद्धविमानहरूले लगातार दुई हवाई आक्रमणहरू मार्फत दक्षिणी लेबनानको लितानी नदीमाथि रहेको कास्मीयेह पुललाई पूर्ण रूपमा ध्वस्त पारेका छन् ।लेबनानी सेनाले इजरायली आक्रमणको उद्देश्य लिटानी नदीको दक्षिणमा रहेको लेबनानी क्षेत्र

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २६९ पटक पढिएको
  • इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    एजेन्सी— इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ। लाइसाले विज्ञप्ति मार्फत जनाएका छन् ।सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • ४७६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.