विदेश

    Showing 31-40 of 1,520 items.
  • अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको आरोप, नौ बालबालिकासहित १० को मृत्यु

    काठमाडौं—  अफगानिस्तानमा पाकिस्तानले गरेको भनिएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबान नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाबी गरेका छन्। उनका अनुसार खोस्ट प्रान्तको गार्बुज जिल्लामा सोमबारदेखि मंगलबार मध्यरातसम्म भएको बम विस्फोटमा साधारण नागरिक मृत्युवरण गरेका हुन्।मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका विवरण र तस्बिरमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको उल्लेख छ। उनले कुनार र पक्तियाका विभिन्न स्थानहरूमा पनि पाकिस्तानले हवाई आक्रमण गरेको दाबी गर्दै ती घटनामा कम्तीमा चार जना घाइते भएको जानकारी दिएका छन्।बीबीसीसँग कुरा गर्दा कुन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 359 पटक पढिएको
  • अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो, भेनेजुएलाका राष्ट्रपतिले दिए कडा चेतावनी

    एजेन्सी— संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही सुरु गर्ने तयारी गरिरहेको बताएको छ ।भेनेजुएलासँगको सम्बन्ध बिग्रँदै जाँदा अमेरिकी सेनाले हालै क्यारिबियन सागरमा आफ्नो उपस्थिति बढाएको छ । सेप्टेम्बरको सुरुदेखि, अमेरिकी सेनाले २० भन्दा बढी कथित लागूपदार्थ तस्करी गर्ने डुङ्गाहरू डुबाइसकेका छन्, जसमा ८० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।&n

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 32 पटक पढिएको
  • रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

    सर्लाही— युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 339 पटक पढिएको
  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    एजेन्सी— बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो।प्राप्त विवरणअनुसार ८९ वर्षका धर्मेन्द्रको सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा निधन भएको हो। विले पार्ले श्मशानभूमिमा अहिले उनको अन्त्येष्टि भइरहेको छ, जहाँ अमिताभ बच्चन, आमिर खानलगायत धेरै सेलिब्रिटीहरू पुगेका छन्।यसअघि नोभेम्बर २४ (कार्तिक २५ गते) उनको निधन भएको हल्ला फैलिएको थियो । केही समय अस्पतालको बसाईपछि उनलाई घर लगिएको थियो।यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केरा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 415 पटक पढिएको
  • नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, बिरामीहरूको सङ्ख्या बढ्दो

    एजेन्सी— पछिल्लो समयमा बढ्दो  वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ ।पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वासस

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 364 पटक पढिएको
  • आत्मघाती बम हमलामा तीन सुरक्षाकर्मीको मृत्यु,पाँच घाइते

    काठमाडौं— उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, “एक आक्रमणकारीले मुख्य गेटमै आफ्नो विस्फोटक विस्फोट गरायो भने दोस्रो बम हमलाकारीलाई पार्किङ क्षेत्रनजिकै हाम्रो सुरक्षाकर्मीहरूले गोली हानी घटनास्थलमै नियन्त्रणमा लिए ।”उनका अनुसार आक्रमणको समयमा मुख्यालयभित्र बिहानको

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 377 पटक पढिएको
  • ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने

    काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ ।मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ ।भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोर

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 187 पटक पढिएको
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा सम्मान गुमाउने कि महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने” भनेर चेतावनी दिएको एक दिनपछि ट्रम्पले यस्तो समयसीमा सार्वजनिक गरेका हुन् ।शुक्रबार फक्स न्युज रेडियो सँग कुरा गर्दै ट्रम्पले उक्त समयसीमा वार्तामा प्रगति भएमा मात्र लचक बनाउन सकिने बताए । उनले भने, “मैले धेरै समयसीमा तय गरेको छु । तर कुरा राम्रोसँग अघि बढेमा सम

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 350 पटक पढिएको
  • पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु

     काठमाडौं— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको एक आवासीय इलाकामा शुक्रबार बिहान रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।औद्योगिक सहर फैसलाबादमा स्थानीय समयानुसार बिहान करिब ५ः३० बजे विस्फोट भएको हो । विस्फोटका कारण ठूलो आगो लागेको र त्यो तत्कालै फैलिएको जनाइएको छ ।विस्फोटको प्रभावले नजिकैका धेरै घरका भित्ता र छाना ढलेको छ ।  मृतक तथा घाइतेमा धेरैजसो त्यस्ता घरका बासिन्दा रहेका जनाइएको छ ।घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उनीहरूमध्ये धेरैको अवस्था गम्भीर छ ।उद्धार कार्य जारी छ । कारखानाभित्र अझै थुप्रै म

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 224 पटक पढिएको
  • चीनमा रोबोट उत्पादनमा वृद्धि

    काठमाडौं— चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो ।चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो ।  किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढेको हो । तथ्यांक अनुसार, देशले यस वर्षको पहिलो तीन त्रैमासिकमा ५९५,००० युनिट उत्पादन गरेको छ, जुन २०२४ को कुल भन्दा बढी हो।टेक हब शेन्जेन शहरमा रहेको लेनोभो स्मार्ट निर्माण प्लान्टमा, रोबोटहरू निर्माणमा अन्तिम रुप दिइन्छ र  देशभरका स्थानहरूमा पठाइन्छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 208 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा