विदेश

    Showing 471-480 of 1,511 items.
  • दक्षिण कोरिया मन्त्रीले राजिनामा दिने

    दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।एजेन्सी 

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 384 पटक पढिएको
  • भैरहवा नाकाबाट १९७ देशका साढे ९२ हजार पर्यटक भित्रिए

    भैरहवा :रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन्। जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन्। अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 342 पटक पढिएको
  • रेडीयो जकी सिमरन सिँह आफ्नै कोठामा मृत भेटिइन

    जम्मु-कस्मिरकी २५ बर्षिया चर्चित इनफ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्ति) तथा रेडियो जकी सिमरन सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। आफ्नै फ्ल्याटमा बुधबार राति झु’न्डि'एको अवस्थामा मृत भेटिएकी हुन्। उनले आ'त्मदाह गरेको भए पनि घटनास्थलमा कुनै नोट फेला नपरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 354 पटक पढिएको
  • दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय

    दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय भएको छ। सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले 'डेटिङ' कार्यक्रम आयोजना गर्न थालेको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 261 पटक पढिएको
  • प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन

    एजेन्सी ।  डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ ।उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 255 पटक पढिएको
  • तालिवान आक्रमणद्वारा पाकिस्तानी सैनिकको मृत्यु

    एजेन्सी  । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो । उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ ।पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 291 पटक पढिएको
  • अमेरिकामा एक छात्राले अन्धाधुन्ध गोली चलाउदा ६जना घाइते, आफै माथि गोली प्रहार

    एजेन्सी   ।   संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएका हुन्।समाचार संस्था रोयटर्सका अनुसार गोली  लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ भने ६ जना घाइते  भएका छन्। छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको  म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्।

    • प्रकाशित मितिः पुस २, २०८१
    • 200 पटक पढिएको
  • ट्र्मका कारण अमेरिकामा बस्न आप्रवासीलाई गार्हो हुँदै

    एजेन्सी ।   अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने समेत घोषणा गरेका छन्। साथै ट्रम्पले कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई समेत समाप्त गर्ने योजना रहेको बताए। अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब एक करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 308 पटक पढिएको
  • इन्स्टाग्राममा भेटेर भर्चुअल बिवाह गर्न पुगेका बेहुला रित्तो हात फर्किए

    एजेन्सी  ।  इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् । इन्स्टाग्राममा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 416 पटक पढिएको
  • भारतमा एप्पलले आइफोन बिक्रीमा कीर्तिमान

    सिलीगड़ी  ।  एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ ।हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ ।इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ ।भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 491 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा