विदेश

    Showing 491-500 of 1,585 items.
  • के टर्कीमा होला त रूस र युक्रेन बिच बार्ता ? यस्तो छ अवस्था

    इस्तानबुल, २९ बैशाख । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 257 पटक पढिएको
  • बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

    ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ । सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन । जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् । यीमध्ये २ सय १८ मोटरसाइकलका घटनामा २ सय २९ जनाको मृत्यु भएको थियो भने यसबाहेक सात जलमार्ग दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । साथै, २२ रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।आरएसएफले ९ वट

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 233 पटक पढिएको
  • बिल गेट्सले गरे सबै सम्पत्ति दान गर्ने अकल्पनीय निर्णय

    काठमाडौँ । विश्वका चर्चित अर्बपति र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारलाई झस्काउने निर्णय लिएका छन्। उनले आगामी २० वर्षभित्र आफूले संकलन गरेको करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। यहीसँगै उनले सन् २०४५ को डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन स्थायी रूपमा बन्द गरिने खुलासा पनि गरेका छन्।गेट्सले बिहीवार आफ्नै ब्लग ‘गेट्स नोट्स’ मा भावुक पोस्टमार्फत यो ऐतिहासिक घोषणा गर्दै भने, "अब समय आएको छ, मैले कमाएको सम्पत्ति समाजका लागि फिर्ता दिने।"पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग सन् २००० मा स्थापना गरिएको गेट्स फाउन्डेसनलाई उनले सुरुमा मृत्युपछि पनि चलाउने य

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 393 पटक पढिएको
  • २ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

    भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।  उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवामा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ । स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 248 पटक पढिएको
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 318 पटक पढिएको
  • १४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

    इस्लामवाद, २५ बैशाख ।जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् । काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् । बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।मे ७

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 374 पटक पढिएको
  • भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार

    नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ।द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ ।त्यसो त दक्षिण एसियामा बालिकाहरूका लागि सबैभन्दा बढी दर भारतमा रेकर्ड भएको छ भने कम बंगलादेशमा रहेको छ। जसअनुसार बंगलादेशमा ९.३ प्रतिशत र ३०.८ प्रतिशत रहेको देखिएको छ। साथै, विश्वभर पाँच मध्ये १ केटी र सात मध्ये एक केटाले १८ वर्षको उमेर नपुग्दै यौन हिंसा भोगिरहेका छन्।इन्स्टिच

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 197 पटक पढिएको
  • कश्मीरमा ‘आत्मसमर्पणको प्रतीक’ सेतो झण्डा फहराएर भारतले हार स्वीकार गरेको पाकिस्तान सञ्चारमन्त्रीको दावी

    काठमाडौं— पाकिस्तानका संचारमन्त्रीले भारतले कश्मीरमा सेतो झण्डा फहराएर हार स्वीकार गरेको दाबी गरेका छन् ।बुधबार बिहान ७ बजेतिर सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तरारले भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र “हार स्वीकार गरेको” दाबी गरे। पृष्ठभूमिमा बजाइएको सेतो झण्डाको फुटेजको अगाडि बसेर मन्त्रीले यो कुरा भने।“उनीहरूलाई सेतो झण्डा फहराउन बाध्य पारिएको छ,” तरारले भने। पीटीभी न्यूजले सैन्य संरचनाको माथि फहराइएको सेतो झण्डाको फुटेज पनि साझा गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 311 पटक पढिएको
  • नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

    काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।  आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ। शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 285 पटक पढिएको
  • पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

    काठमाडौं— पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको बताएका छन् ।यता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बच्चासहित सात जनाको मृत्यु भएको बताएका छन् ।पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 340 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा