विदेश

    Showing 521-530 of 1,585 items.
  • युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध प्रदर्शनमा उत्रिए गाजावासीहरू

    काठमाडौं—  इजरायल—हमास युद्धका कारण क्षतिग्रस्त भएको गाजा सहरमा हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन् ।अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी०का अनुसार प्रदर्शनमा भाग लिएका प्यालेस्टाइनी प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध नाराबाजी गरेका हुन् । सार्वजनिक रूपमा प्यालेस्टाइनी नागरिकहरूले हमासविरुद्ध नाराबाजी गर्ने कार्य दुर्लभ र असाधारण मानिन्छ ।ती प्रदर्शनहरू मुख्यतः गाजाको उत्तरी भेगमा केन्द्रित भएको बताइएको छ ।एपीका अनुसार गाजाको बीत लाहियामा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो । प्र

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 412 पटक पढिएको
  • कोभिड–१९ को पाँच वर्षः विनाशकारी महामारीले सिकाएको चार कुरा

    लण्डन । कोभिड–१९ को प्रकोप भएको पाँच वर्ष बितेको छ । विश्व स्वास्थ्य संगठनले ११ मार्च, २०२० मा यसलाई महामारी घोषणा गरेको थियो । यसपछि देशका सरकारले लकडाउन घोषणा गरे । उनीहरुले कैयौं महिनासम्म मानिसलाई क्वारेन्टाइनमै राखे ।संगठनका अनुसार यो महामारीबाट करिब ७७ करोड ७० लाख बढी मानिस संक्रमित भए र ७० लाख मानिसको मृत्यु भयो । संयुक्त राष्ट्र एजेन्सीको कुरा पत्याउने हो भने मृतकको संख्या १ करोड ५० लाख बढी छ ।यो महामारीको विनाशकारी असर अहिले पनि विश्वभर अगाडि आइरहेको छ । तर केही विश्लेषक यो अन्धकारमय समयबाट बाहिर आउँदा केही सकारात्मक सिकाईतर्फ ध्यान केन्द्रीत गरिरहेका छन् ।तनाव र ट्रमा विशेषज्ञ र बेल्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 392 पटक पढिएको
  • लेबनानमा इजरायली हवाई आक्रमणमा परी ६ जनाको मृत्यु, २८ जना घाइते

     काठमाडौं— लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । साथै २८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 364 पटक पढिएको
  • अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

    काठमाडौं— संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।“आज हामी १९९ स्वदेशीलाई स्वागत गर्दै छौँ,” उनले विमानस्थलमा भने, “हामी भेनेजुएलाका मानिस जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।”प्रत्यक्ष फुटेजमा सेतो सुट लगाएका युवा राजधानी काराकासबाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । उनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।शनिबार भेनेजुएलाले अमेरिकाबाट स्वदेश फिर्ती उडान पुनः सुरु गर्न वासिङटनसँग सम्झौता गरेको घोषणा गरेको थियो । त्यसपछि यो उडान भएको हो ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 336 पटक पढिएको
  • अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ जना घाइते

    काठमाडौं— संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेर समुहका रहेका प्रहरीले जनाएको छ । आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूह

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 327 पटक पढिएको
  • लेबनानमा इजरायलको आक्रमण, सीमा क्षेत्रमा तनाव

    काठमाडौं— इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ। टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।यसअघि इजरायली सेनाले लेबनानबाट

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 385 पटक पढिएको
  • मन्त्री मोदीले ‘विश्वमा आतंकवादको स्रोत पाकिस्तान हो’ भनेपछि पाकिस्तान क्रुद्ध

    काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी पोडकास्टर लेक्स फ्राइडम्यानलाई दिएको अन्तर्वार्तामा पाकिस्तानसँग शान्तिका लागि गरिने हरेक प्रयासले नकारात्मक नतिजा आएको बताएपछि पाकिस्तान क्रुद्ध भएको छ । प्रधानमन्त्री मोदीले आफू शान्तिको प्रयासमा लाहोर गएको र सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई शपथ ग्रहण समारोहमा निम्तो दिएको बताएका थिए । पीएम मोदीले भनेका थिए– विश्वमा जहाँ पनि आतंकवादी घटना हुन्छ, यसको स्रोत पाकिस्तानबाट आउँछ।पाकिस्तानले प्रधानमन्त्री मोदीको यो टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार भन्यो, ‘‘भा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 382 पटक पढिएको
  • इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए

    काठमाडौं— इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५० र बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् ।यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए ।इ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 281 पटक पढिएको
  • ९ महिनाभन्दा बढी अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोर पृथ्वीमा फर्किंदै

    काठमाडौं— अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १३ दिनपछि पृथ्वीमा फर्किंदै छन् । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीमा फर्किन अनडक भइसकेको छ । यो स्पेसक्राफ्टबाट १७ घन्टाको यात्रापछि अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोर पृथ्वीमा आइपुग्नेछन् । यसका साथै नासाका अन्तरिक्षयात्री निक हाग र रुसको स्पेस एजेन्सी रसकसमसका अन्तरिक्षयात्री अलेक्सान्द्र गोरबुनोभ पनि यही स्पेसक्राफ्टबाट पृथ्वीमा आउँदै छन् । सुनिता र बुच विल्मोर ५ जून २०२४ मा परीक्षण उडान स्टारलाइनरबाट अन्तरिक्ष गएका थिए । उनीहरू ८ दिनमा पृथ्वीमा फर्किने योजना थि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 374 पटक पढिएको
  • अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

    काठमाडौं— यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् ।विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका रहेको उल्लेख छ । शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई हुथी विद्रोहीहरूविरुद्ध कारबाही गर्नुको कारण भएको बताएका थिए । मारिनेमा केही प्रमुख हुथी विद्रोहीहरू पनि छन् । यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले भनेका छन् “जबसम्म यमनमा अमेरिकी आक्रमण जारी

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा