विदेश

    Showing 561-570 of 1,511 items.
  • स्कूलमा भएको बमबारीको निन्दा

    एजेन्सी— इजिप्टले पूर्वीगाजा शहरको अल–दराज छिमेकमा विस्थापित प्यालेस्टाइनीहरूलाई बस्ने अल–ताबाइन स्कुलमा इजरायली बमबारीको निन्दा गरेको छ । शनिबार बिहान सबेरै भएको यो आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । इजिप्टको विदेश मन्त्रालयले गाजा स्ट्रिपमा प्यालेस्टाइनी नागरिकहरूमाथि इजरायली आक्रमणहरू अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको अभूतपूर्व उपेक्षालाई प्रतिनिधित्व गर्ने घोषणा गरेको छ । प्यालेस्टिनीहरूको रक्षा गर्न र सुरक्षाविहीन नागरिकहरूलाई लक्षित गरी बन्द गर्न एक एकीकृत र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 267 पटक पढिएको
  • युक्रेनी राष्ट्रपतिद्धारा रुसमाथि आक्रमण गरेको स्वीकार, तनाव बढ्दै

    काठमाडौं–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको पहिलो पटक औपचारिक रूपमा स्वीकार गरेका छन् । शनिबार राति दिएको भाषणमा उनले युक्रेनी सेनाले युद्धलाई रुसी भूमिमा धकेलि रहेको बताए ।युक्रेनले यो लडाँई सुरु गरेको पाँच दिनपछि यो घोषणा आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा मानिसहरूलाई अन्यत्र सारिएको छ । आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटका घटनाहरू भएका खबरहरू आएका छन् ।राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीका बारेमा वरिष्ठ सैन्य कमाण्डर

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 501 पटक पढिएको
  • विद्यालयमा इजरायलको आक्रमण : सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं–हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ।अल–ताबाइन विद्यालयले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएको थियो। आक्रमणको बेला विद्यालयमा ठूलो संख्यामा हताहत भएको र इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको बताइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको वाफाले जनाएको छ।हमासले यस हत्याको निन्दा गर्दै इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराए

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 625 पटक पढिएको
  • भारतका पूर्व परराष्ट्रमन्त्री सिंहको निधन

    काठमाडौं–भारतका पूर्व परराष्ट्रमन्त्री नटवर सिंहको निधन भएको छ । शनिबार राति ९३ वर्षको उमेरमा उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि बिरामी सिंह विगत केही हप्तादेखि अस्पतालमा भर्ना भएका थिए ।नटवर सिंह सन् २००४–०५ को अवधिमा भारतका परराष्ट्रमन्त्रीको रूपमा कार्यरत थिए, जब मनमोहन सिंह प्रधानमन्त्री थिए । उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए । सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा पनि उनी सहभागि भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भनेका छन्, ‘नटवर सिंहको न

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 496 पटक पढिएको
  • धुवाँको मुस्लोसँगै खस्यो ६२ यात्रु सवार विमान, सबै यात्रुको मृत्यु

    काठमाडौं—ब्राजिलको साओ पाउलो राज्यमा ६१ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।भीओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो।सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, वि

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 623 पटक पढिएको
  • शेख हसिनाविरुद्ध आन्दोलित दुई विद्यार्थी बंगलादेशमा मन्त्री

    काठमाडौँ-  शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन्। हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेशी मिडिया ढाका ट्रिब्युनले लेखेको छ ।नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 547 पटक पढिएको
  • नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार, दुई विद्यार्थीसहित १६ जना सहभागी

    काठमाडौं–नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। उहाँलाई मुख्य सल्लाहकारको रूपमा नियुक्त गरिएको छ, जुन पदलाई प्रधानमन्त्री बराबरको मानिन्छ।युनुसको प्रमुख कार्य देशमा शान्ति पुनर्स्थापना गर्ने र हप्ताँैदेखि जारी हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ। विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले पूर्व प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनलाई चुनौती दिएको थियो। विद्यार्थीहरूले आरक्षण प्रणाली लगायतका विषयमा असन्तुष्टि जनाएका थिए।एक भव्य समारोहमा युनुसलाई राष्ट्रपति मोहम्मद शाहबुद्दिनले सपथ गराएका थिए। यस समारोहमा विभिन्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 395 पटक पढिएको
  • यस्ता कारण देखाउँदै शेख हसिनालाई बेलायतले शरण दिएन्

    काठमाडौं–आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदलाई बेलायतले शरण नदिने भएको छ । हसिनाले बेलायतमा शरणको लागि अपिल गरे पनि बेलायत सरकारले अस्विकार गर्दै अन्यत्र विकल्प खोज्न सुझाएको हो । बेलायतको विदेश मन्त्रालयले बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार हसिना रहेको दाबी गर्दै आगामी अनुसन्धानको कारणले बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीका अनुसार, बेलायत सरकार बङ्गलादेशमा स्वतन्त्र र निष्पक्ष छानबिनको पक्षमा रहेको छ ।विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 591 पटक पढिएको
  • बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त

    काठमाडौं–सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही हप्तादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको हो । मन्त्रालयले ज्यान गुमाएका व्यक्तिहरूका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा बङ्गलादेश सबै तनावबाट शान्ति र संयमताका साथ लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विश्वास व्यक्त गरिएको छ । मन्त्रालयले बङ्गलादेशी नागरिकहरूको सुरक्षित सङ्क्रमण सुनिश्चित गरी शान्ति र स्थिरताका लागि सक्षम

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 421 पटक पढिएको
  • बिहारमा करेन्ट लागेर ९ कन्वारियाको मृत्यु, २ जना घाइते

    काठमाडौं–बिहारको वैशाली जिल्लामा करेन्ट लागेर नौ कन्वारियाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँको हो । घटना आइतबार राति १०:४५ बजे भएको थियो । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै गाडीमा हाई भोल्टेज तार खस्दा कन्वारियाको मृत्यु भएको हो । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 451 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा