विदेश

    Showing 581-590 of 1,585 items.
  • हेलेन आँधीबाट दक्षिण–पूर्वी अमेरिकामा ४३ जनाको मृत्यु

    काठमाडौं–दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीले कम्तीमा ४३ जनाको ज्यान लिएको छ भने लाखौं मानिस बिना विद्युत जीवन बिताउन बाध्य छन् । बाढीको पानीमा फसेका मानिसहरूलाई डुङ्गा, हेलिकप्टर, र ठूला सवारी साधनमार्फत उद्धार गरिँदैछ । टेनेसी अस्पतालमा फसेका ५० जना कर्मचारी र बिरामीलाई पनि उद्धार गरिँदैछ । बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएको यो आँधीलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ, जसले उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सर्ने क्रममा ठूलो नोक्सानी पुर्याएको हो । बीमा कम्पनीहरूले आँधीका कारण अर्बौं डलरको क्षति भएको बताएका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 553 पटक पढिएको
  • हिज्बुल्लाहमाथि सम्पूर्ण शक्तिकासाथ आक्रमण गर्न नेतन्याहूको निर्देशन

    काठमाडौं–इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइली सेनालाई हिज्बुल्लाहमाथि पूरा शक्ति लगाएर आक्रमण गर्न निर्देशन दिएका छन् । यद्यपि, अमेरिका लगायतका अन्य मित्र देशहरूले युद्धविरामको आग्रह गरेका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबार भएको इजराइली हवाई आक्रमणमा कम्तीमा ९२ जनाले ज्यान गुमाएका छन् । हिज्बुल्लाहका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा भएको हवाई आक्रमणमा उनीहरूको ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूरको मृत्यु भएको छ ।बुधबार अमेरिका, बेलायत र युरोपियन युनियनले तीन हप्ताको लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजराइलले यो प्रस्त

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 388 पटक पढिएको
  • सुपरमार्केटमा प्लाष्टिक झोला प्रतिबन्ध

    काठमाडौं—बङ्गलादेश सरकारले अक्टोबर १ देखि सबै सुपरमार्केटमा प्लाष्टिक झोला (पोलिथिन र पोलिप्रोपाइलीन) राख्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नोभेम्बर १ देखि यो प्रतिबन्ध अन्य बजारमा पनि लागू हुनेछ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पोलिथिन र पोलिप्रोपाइलीन उत्पादकहरूमाथि कडा कारबाही गरिने बताएका छन् । सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्नका लागि विस्तृत योजना बनाइएको छ । सुपरमार्केटहरूले वैकल्पिक झोलाहरूका लागि अर्डर दिइसकेको र आवश्यक व्यवस्था मिलाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 410 पटक पढिएको
  • लेबनानमा इजरायली हमला, २७४ को मृत्यु

    काठमाडौं— लेबनानमा इजरायली हमला हुँदा एकै दिन दुई सय ७४ जना मारिएका छन् । ज्यान गुमाउनेमा २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मी छन् । आक्रमणमा एक हजारभन्दा बढी घाइते छन् । स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायली बमबारीले भाग्न खोज्नेहरूका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरूलाई निसाना बनाएको बताए।  घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अलजजिराका अनुसार इजरायली आक्रमणपछि लेबनानी सिभिल डिफेन्सले ‘दक्षिणी क्षेत्र नाबातिह र बेकामा धेरै घर, कारखाना र गोदाममा’ फैलिएको आगो निभाउन काम गरिरहेको जनाएको छ। विद्

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 453 पटक पढिएको
  • बिरामी भएपछि पोप फ्रान्सिसको भ्रमण रद्द

    काठमाडौं–चर्चित धर्मगुरु पोप फ्रान्सिसले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि बेल्जियम र लक्जमबर्गको निर्धारित भ्रमण रद्द गरेका छन् । भ्याटिकनले सोमबार जारी गरेको वक्तव्यमा पोपलाई ‘फ्लू’ को लक्षण देखिएकाले सावधानीका रूपमा भ्रमण रद्दको निर्णय लिएको जनाएको छ ।भ्रमण रद्द भएपछि, पोपले बिहीबार लक्जमबर्ग जाने र आइतबार ब्रसेल्समा मासको साथ आफ्नो बेल्जियम भ्रमणको अन्त्य गर्ने योजना स्थगित गरेका छन् । ८७ वर्षीय पोपले हालै एसियाको चार राष्ट्रको ११ दिने भ्रमण सकेका थिए, जुन उनको पोन्टीफिकेटको सबैभन्दा लामो र टाढाको यात्रा थियो ।भ्याटिकनका अनुसार, पोपले गत हिउँदमा तीव्र ब्रोन्काइटिस र इन्फ्लुएन्जाको समस्या भ

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 407 पटक पढिएको
  • हिजबुल्लाहविरुद्ध घातक आक्रमण गर्दै इजरायल, हायफामा जमघट गर्न रोक

    काठमाडौं–इजराइलले लेबनानको सीमा नजिकको उत्तरी शहर हायफामा मानिसहरूलाई भेला नहुन चेतावनी जारी गरेको छ । यो चेतावनी दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले गरेको जवाफी कारबाहीको समयमा दिइएको हो । इजराइली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले जानकारी दिएअनुसार, दर्जनौं लडाकू विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले आफ्नो देशविरुद्ध हमलाको तयारी गरिरहेको स्थानहरूमा व्यापक रूपमा हमला गर्न थालिसकेका छन्। राजधानी बेरूतमा शुक्रबार भएका हवाई हमलामा आईडीएफका अनुसार लगभग १२ हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरू मारिएका छन् । तर लेबनानका अधिकारीहरुका अनुसार ती हमलामा

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 481 पटक पढिएको
  • नुन धेरै खाएर एक वर्षमा १९ लाखको मृत्यु !

    काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका प्रायः सबैले दैनिक आवश्यकभन्दा दोब्बर नुन खपत गरिरहेका छन् । बढी नुन सेवनबाट हुने रोगका कारण बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गरेको छ ।भारतको सेन्ट्रल ग्राउण्ड वाटर अथॉरिटीको रिपोर्ट अनुसार दिल्लीको जमिनमुनिको पानीमा नुनको मात्रा सामान्यभन्दा बढी छ। विश्लेषण गरिएको नमूनामा २५ प्रतिशतभन्दा बढीको पानी नुनिलो भएको पाइएको थियो । यस मामिलामा राजस्थानपछि दिल्ली दोस्रो स्थानमा छ, त्यहाँका ३० प्रतिशत नमूनामा नुन पानी रहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्रामभन्दा कम नुन (२००० मिलीग्राम सोडियमभन्दा कम) उपभो

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 410 पटक पढिएको
  • पेजरमार्फत भएका श्रृंखलाबद्ध विस्फोटमा १२ जनाको मृत्यु

    काठमाडौं – लेबनानमा पेजरमार्फत भएका धमाकामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले एक आठ वर्षीया बालिका र एक ११ वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। धमाकामा स्वास्थ्यकर्मीसमेत परेका छन् भने २७५० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत छन्। गम्भीर घाइतेहरूलाई राम्रो उपचारका लागि ईरान र सीरियामा पठाइएको मन्त्रीले जानकारी दिएका छन्। ९८ प्रतिशत घाइतेहरूको उपचार लेबनानमै भइरहेको छ।यसैबीच, लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले इजरायलमाथि कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायललाई मानवताको शत्रु भन्दै प्रतिक्रिया दिएक

    • प्रकाशित मितिः असोज २, २०८१
    • 443 पटक पढिएको
  • यागी चक्रवातले दक्षिणपूर्वी एसियामा ६० लाख बालबालिका प्रभावित

    काठमाडौं–युनिसेफले दक्षिणपूर्वी एसियामा चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण करिब ६० लाख बालबालिका प्रभावित भएको जानकारी दिएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको पुष्टि गर्दै, यस क्षेत्रको कुल मृत्यु संख्या ५३७ पुगेको जनाएको छ । युनिसेफका अनुसार, प्रभावित बालबालिकाको स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको अभावमा छन् । भियतनाममा पिउने पानी र सरसफाइको अभावले ३० लाख मानिसहरूलाई रोगको जोखिममा राखेको युनिसेफले जनाएको छ । म्यानमारमा बाढीका कारण चार लाख म

    • प्रकाशित मितिः असोज २, २०८१
    • 376 पटक पढिएको
  • मलेसियामा बाल दुर्व्यवहार आरोप : १ सय बैंक खाता रोक्का, ४०० बालबालिका उद्धार

    काठमाडौं–मलेसियामा सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालन गर्ने समूहका १ सय बैंक खाता रोक्का गरिएको छ । मलेसियाली प्रहरीले १ सय ७१ जनालाई पक्राउ गरी २० हेरचाह केन्द्रबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको हो । जाँचका क्रममा विवादास्पद धार्मिक संस्था जीआईएसबीसँग सम्बन्धित ९६ बैंक खाता रोक्का गरिनुका साथै आठवटा सवारी साधन जफत गरिएको छ । समूहले आफूले हेरचाह केन्द्र नचलाएको दाबी गर्दै आरोप अस्वीकार गरे पनि प्रमुख कार्यकारीले केही यौन दुर्व्यवहारका घटनाहरू भएको स्वीकार गरेका छन् । यो घटनाले मलेसियामा हेरचाह केन्द्रहरूको नियमन र बालबालिकाको सुरक्षाबारे गम्भी

    • प्रकाशित मितिः असोज १, २०८१
    • 548 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा