विदेश

    Showing 591-600 of 1,359 items.
  • श्रीलंका संकटबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक

    एजेन्सी / श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो ।अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छिमेकी देशको सङ्कटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो । विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म सङ्कटमा भारतले प्

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 71 पटक पढिएको
  • कार्गो जहाज ग्रिसमा दुर्घटना

    एजेन्सी / सर्वियाबाट जोर्डनका लागि उडेको कार्गो जहाज दुर्घटना भएको छ । युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकले विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । विमानमा चालक दलका ८ जना सदस्य थिए ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 78 पटक पढिएको
  • श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन गर्ने एक विद्यार्थीको मृत्यु

    एजेन्सी / श्रीलङ्कामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो ।प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबाहक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।&

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 86 पटक पढिएको
  • २० वर्षीया युवतीलाई ढुङ्गाले हानेर मृत्युदण्डको फैसला

    एजेन्सी / सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनु अघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छन् ।पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।सुडानमा इस्लामिक कानुनमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 128 पटक पढिएको
  • राष्ट्रपति गोटाबाया भागेलगतै श्रीलङ्कामा संकटकाल घोषणा

    एजेन्सी / श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि प्रधानमन्त्री विक्रमसिंघेले अनिश्चितकालका लागि संकटकाल घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकाली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै देशमा संकटकाल घोषणा गरेको हो ।सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।देशलाई आर्थिक संकटमा पुराउन राजपाक्षे परिवार नै मुख्य कारक तत्व रहेको भन्दै भन्दै आक्रोशित श्रीलंकाली नागरिकहरूले गत शनिबार राष्ट्रपतिको निवास कब्जा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 107 पटक पढिएको
  • देश छाडेर भागे श्रीलङ्काका राष्ट्रपति राजपाक्षे, कहाँ गए ?

    काठमाडौं / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्ष देश छोडेर भागेका छन् । बीबीसीका अनुसार मुलुकमा आर्थिक सङ्कटको विषयलाई लिएर चर्किइरहेकाे आन्दोलनका बीच राजपाक्षे सैनिक विमान मार्फत मुलुक छाडेर भागेका हुन् । ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार सोमबार राति ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । श्रीलङ्काको वायुसेनाले राजपाक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्स तर्फ उडेको पुष्टि गरेको छ ।उनका भाई एवं पूर्वअर्थमन्त्री बासिल राजपाक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ । राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानी

    • प्रकाशित मितिः असार २९, २०७९
    • 81 पटक पढिएको
  • दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

    एजेन्सी / दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ । प्रहरी लेफ्टिनेन्ट इलियास मावेलालेका अनुसार शनिबार र आइतबार राति भएका गोलीबारीका कारण १४ जनाको मृत्यु भएको हो ।  घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 76 पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्सकीद्धारा पाँच देशका राजदूतलाई देश निकाला

    एजेन्सी  / चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन् ।उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन् । जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरू जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका राजदूतलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन् । रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भा

    • प्रकाशित मितिः असार २६, २०७९
    • 94 पटक पढिएको
  • पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु , सयौँ नागरिक घरबारविहीन

    एजेन्सी / पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ५७ जनाको मृत्यु छ । जसमा अधिकांश बालबालिका र महिला रहेका छन् । गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौँ घर डुबानमा पर्नुका साथै त्यतिकै सङ्ख्यामा सवारीसाधन डुबेका छन् । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरू केही समयका लागि बन्द गरिएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 91 पटक पढिएको
  • श्रीलङ्काका प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिँदै, प्रदर्शनकारीले लगाए प्रधानमन्त्रीको घरमा आगो

    झापा / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गए राति राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएका हुन् ।राष्ट्रपति राजापाक्षेले राजीनामा दिएपछि सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्ने बताइएको छ ।शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।श्रीलङ्कामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीले महिनौँदेखि राष्ट्रपति राजापाक्षेको राजिनामा माग गर्दै प्रदर्शन गर्दै आएका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघ

    • प्रकाशित मितिः असार २६, २०७९
    • 73 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा