विदेश

    Showing 601-610 of 1,586 items.
  • लखनऊमा भवन भत्किँदा मृतकको संख्या आठ पुग्यो

    काठमाडौं–उत्तर प्रदेशको राजधानी लखनऊको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किएर ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सो दुर्घटनामा २८ जना घाइते भएका छन् । उद्धार कार्यमा एनडीआरएफ र एसडीआरएफका टोली घटनास्थलमा खटिएका छन् । अहिलेसम्म कुल २४ जनालाई उद्धार गरिएको छ, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एनडीआरएफ, एसडीआरएफ, दमकल सेवा, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग सबै राहत र उद्धारमा खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 665 पटक पढिएको
  • मणिपुरमा रकेट आक्रमण : एकको मृत्यु‚ विद्यालय बन्द

    काठमाडौं–भारतको मणिपुर राज्यमा विद्रोहीको रकेट आक्रमणले एक जनाको ज्यान गएको र छ जना घाइते भएका छन्। उक्त आक्रमणपछि शनिबारदेखि सबै विद्यालय बन्द गर्ने आदेश जारी गरिएको छ। आक्रमण बिष्णुपुर जिल्लामा कुकी विद्रोही समूहले गरेको स्थानीय प्रहरीले जनाएको छ।राज्यमा हिन्दू मेइतेई र इसाई कुकी समुदायबीचको जातीय विभाजनका कारण एक वर्षदेखि द्वन्द्व जारी छ। सरकारले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। विद्रोहीहरूले ड्रोनको प्रयोग गरी विस्फोटक पदार्थ खसालेर आक्रमण गरेका थिए। यस घटनामा सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेका छन्। मानव अधिकारवादी समूहहरूले स्थानी

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 445 पटक पढिएको
  • इज्मिर खाडीमा एकै पटक धेरै माछाहरु मरेपछि (भिडियोसहित)

    एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनीटर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्व

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 517 पटक पढिएको
  • मकाला जेलमा भागदौड, १२९ जनाको मृत्यु

    काठमाडौं–डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको राजधानी किन्शासास्थित मकाला जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ । कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मङ्गलबार दिएको जानकारीअनुसार २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको हो भने बाँकी अधिकांशको मृत्यु भागदौड र भिडभाडका कारण भएको छ ।मन्त्री शाबानीले भिडियो सन्देश मार्फत घटनाको जानकारी गराउँदै कम्तीमा ५९ जना घाइते भएको र घटनामा धेरै महिलाहरू बलात्कृत भएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको र तनावपूर्ण अवस्था सिर्जना भएको जनाएका छन् । सरकारका प्र

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 591 पटक पढिएको
  • युद्ध बिराम गरी बन्धक फिर्ता ल्याउन इजराइलीहरुको माग

    एजेन्सी- गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब ७ लाख मानिसहरूले देशका मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्‍यालीमा भाग लिएको दाबी गरिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको बताएपछि सोमबार बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । गाजाबाट दुई महिला र चार पुरुषको शव फे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 513 पटक पढिएको
  • इजिप्ट र साउदीबीच क्षेत्रीय सुरक्षाबारे छलफल

    एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 344 पटक पढिएको
  • अफगानिस्तानको जेलमा १५० विदेशी नागरिक

    काठमाडौं–अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई थुनिएको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन्। प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीका अनुसार यी विदेशी नागरिकहरूलाई छली तथा जालसाजी लगायत विभिन्न अपराधमा अभियोग लागेपछि पक्राउ गरिएको हो। उनीहरू छिमेकी मुलुकहरू सहित विभिन्न देशबाट अफगानिस्तान प्रवेश गर्दा पक्राउ परेका थिए। मुस्तारीले हाल आठदेखि नौ हजार अफगानी नागरिक विदेशका जेलमा रहेको र तीमध्ये अधिकांश इरानमा रहेको पनि बताए। अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित करिब ११ हजार व्यक्ति रहेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 359 पटक पढिएको
  • रुसको बेलगोरोडमा युक्रेनी आक्रमण : ५ जनाको मृत्यु, ३७ घाइते (भिडियोसहित)

    एजेन्सी- युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा गरेको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यस वरपरका क्षेत्रमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । आक्रमणमा परी घाइते हुने मध्ये ६ जना बालबालिका रहेको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइते सबैलाई उपचारका लागि बेलगोरोडको अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 554 पटक पढिएको
  • इजरायली सेनाद्वारा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या (भिडियोसहित)

    एजेन्सी- इजरायली सेनाले वेस्ट बैंकको तुलकारम शरणार्थी शिविरमा आक्रमण जारी राखेको छ । विहिबार सेनाले गरेको आक्रमणमा थप ६ जनाको मृत्यु भएको बताइएको छ । सेनाले आक्रमण सुरु गरेपछि दुवै तर्फबाट गोली हानाहान हुँदा पिआइजे कमाण्डरसहित ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हो ।  आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल-कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर मारिएका हुन् । अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग जवाफी फाइरिमा उत्रिएका बेला उनलाई गोली लागेको स्थानीय स्रोतलाई उदृत गर्दै समाचार संस्था सिन्हाले जनाए

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 530 पटक पढिएको
  • शानशान टाइफुनले जापान आतंकित, तीनको मृत्यु

    काठमाडौं–जापानमा शानशान नामक टाइफुनले भारी क्षति पुर्‍याएको छ । यो टाइफुन त्यस क्षेत्रमा हालसम्म आएको सबैभन्दा शक्तिशाली टाइफुनमध्ये एक भएको अधिकारीहरूले जानकारी दिएका छन् । टाइफुनका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जना सामान्य घाइते छन् ।टाइफुनका कारण क्यूशु टापुको सात्सुमासेन्डाई शहरमा हावाहुरीको गति १९८ किलोमिटर प्रतिघण्टा पुगेको थियो । जसकारण २ लाख ५० हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।प्रशासनले टाइफुनका कारण केही दिनभित्र क्यूशुबाट मध्य र पूर्वी क्षेत्रहरू‚ राजधानी टोकियोसम्म आइपुग्ने अनुमान ग

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 413 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा