विदेश

    Showing ६३१-६४० of २,१३३ items.
  • साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

    काठमाडौं— पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । गम्भीर रूपमा बिग्रिँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन् । हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २५२ पटक पढिएको
  • एनआरएनए एकताको स्वागत गर्दै डा. पौडेलले भनेः भावनात्मक एकता आवश्यक्ता छ

    अमेरिका— गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष डा.केशब पौडेलले संघमा आइतबार भएको एकताको स्वागत गरेका छन्।अन्तरिम सरकारकी प्रधानमंत्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा आयोजित एक समारोहमा एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ तथा डा.बद्री केसीसमूह बीच एकताका लागि १० बुंदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।‘गैर आवासीय नेपाली संघमा बृहद एकताकोलागि हस्ताक्षर सम्पन्न भएको छ।  तर अझै पनि कतिपय मुद्दाहरुमा विभिन्न पक्षबीच मतभिन्नता कायमै छ। त्यसैले भावनात्मक एकता आजको आवश्यकता हो,’ एनआरएनए अभियन्ता डा.पौडेलले भने। ‘मैले सधैंभरि संस्थालाई एकजुट बनाउनु पर्छ भनेर सक्दो पहल गरिरहें। ने

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ५३७ पटक पढिएको
  • रूस–युक्रेन द्वन्द्व उग्रः दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी

    काठमाडौं— रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् ।रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान तथा तिनलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि ठूलो आक्रमण गरेको छ । मन्त्रालयले यसलाई युक्रेनद्वारा रूसी भूभागका नागरिक संरचनामाथि गरिएको आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।पछिल्ला २४ घण्टामा रूसी सेनाले विभिन्न फ्रन्टलाइनमा युक्रेनी आक्रमण पराजित गरेको, आफ्नो स्थितिलाई मजबुत पारेको तथा युक्रेनका सैन्य हवा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ५४८ पटक पढिएको
  • श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक सय ५३ पुग्यो

    कोलम्बो— श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ।धेरै जिल्लाहरूमा खोज र राहत कार्य तीव्र पारिएको छ। १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ। सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ।२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन्। 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ५८३ पटक पढिएको
  • रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

    एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले क्रास्नोआर्मेस्कमा अगाडि बढेको दाबी गरेको छ । यता, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणलाई विफल पारेको बताएको छ । रुसी रक्षा मन्त्रालयले रुसी सशस्त्र सेनाले सुमी र खार्किभ लगायत धेरै दिशामा युक्रेनी सेनालाई प्रहार गरेको र डोनेट्स्क क्षेत्रमा रहेको बस्ती नियन्त्रण गरेको जनाएको छ ।क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै क्षेत्रहरूमा अगाडि बढिसकेको छ भने धेरै युक्रेनी प्रयासहरूलाई विफल पारेको मन्त्रालयले जनाएको छ।सोही दिन, युक्रेनको सशस्त्र बलका जनरल स्टाफले भने कि युक्रेनी सेनाले पोकरोभ्स्क र ओलेक्सान्ड्रिभस्कको दिशामा दर्जनौं रूसी आक्रमणहरूलाई रोकेको छ।युक्र

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २८० पटक पढिएको
  • कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

    कोलकाता। यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ । नेपालले पारवाहन सन्धिअनुसार भारतसँग ‘लिज’मा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो । कोलकाता बन्दरगाहमा चार हजार ८५० वर्गमिटरको गोदाम नेपाल पारवहन तथा गोदाम कम्पनीले व्यवस्थापन गर्दै आएको छ । सरकारले कोलकाताको जग्गाको मासिक भाडा भारतीय मुद्रामा ५६ हजार तिर्दै आएको छ । हाल उक्त जग्गा उपयोगको म्याद समाप्त भएको छ । हल्दिया बन्दरगाहको जग्गा आठ हजार ९८५ वर्गमिटर

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३५५ पटक पढिएको
  • ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु

    काठमाडौं— ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४२६ पटक पढिएको
  • नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

    काठमाडौं— नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी स

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २४७ पटक पढिएको
  • चीनमा पहिलो ठूलो सुन भण्डार फेला

    एजेन्सी— चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे । उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब टन सुन अयस्कबाट प्राप्त हुन्छ । जसको औसत ग्रेड प्रति टन ०.५६ ग्राम सुन हुन्छ।सुन खानीले विकास र उपयोगको लागि आर्थिक सम्भाव्यता मूल्याङ्कन पास गरेको छ । प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय अन्वेषण व्यवस्थापन विभागको खनिज अन्वेषण विभागका निर्देशक झू यिलिनले सुन खानी अन्वेषण परियोजनाको सफलताले चीनको रणनीतिक सुन

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ५१७ पटक पढिएको
  • जेनेस सलुशनले ओमान डेटा पार्कसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं— युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी  तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच  क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।  सोमबार मस्कटस्थित ओमान डेटा पार्कको  मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ  अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी)का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।‘हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ३८८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.