विदेश

    Showing ६४१-६५० of २,१३३ items.
  • भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

    काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो  स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ५२९ पटक पढिएको
  • एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो ।ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो मिसनले संघीय निकायहरूमा रहेको दशकौँ लगानीबाट संकलित विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक डाटासेट प्रयोग गरी एकीकृत एआई प्लेटफर्म निर्माण गर्नेछ ।विज्ञप्तिमा भनिएको छ,“जेनेसिस मिसनले संघीय वैज्ञानिक डाटासेटहरूको उपयोग गरी ठूला वैज्ञानिक फाउन्डेशन मोडेल प्रशिक्षण गर्ने, एआई एजेन्ट विकास गर्ने, नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्ध

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ३८० पटक पढिएको
  • मलेसियाबाट १२ नेपाली डिपोर्ट, आजीवन प्रवेश निषेध

    काठमाडौं— मलेसियाले जोहार राज्यमा अवैधानिक रूपमा बसेका १२ नेपालीलाई पक्राउ गरी देशनिकाला गरेको छ। जोहरको पेकान नेनास डिपोर्ट केन्द्रमार्फत ९ पुरुष र ३ महिलालाई आजीवन प्रतिबन्धसहित बाटिक एयरको उडानबाट काठमाडौं पठाइएको मलेसियाली अध्यागमन विभागले जनाएको छ।अध्यागमन डिपोले विभिन्न १११ जना विदेशी नागरिकलाई स्वदेश फर्काइएको छ। तीमध्ये १२ नेपालीसँगै ४९ बंगलादेशी, २४ इन्डोनेसियाली, ९ पाकिस्तानी, ४–४ जना कम्बोडियन र भारतीय, ३ चिनियाँ तथा २ जना लाओस, भियतनाम र सिंगापुरका नागरिक पनि छन्।डिपोर्ट गरिएका सबैलाई केएलआइए–१, केएलआइए–२, सेनाई अन्तर्राष्ट्रिय विमानस्थल, स्टुलाङ लाउट फेरी टर्मिनल तथा सुल्तान इस्कन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ६५३ पटक पढिएको
  • अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको आरोप, नौ बालबालिकासहित १० को मृत्यु

    काठमाडौं—  अफगानिस्तानमा पाकिस्तानले गरेको भनिएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबान नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाबी गरेका छन्। उनका अनुसार खोस्ट प्रान्तको गार्बुज जिल्लामा सोमबारदेखि मंगलबार मध्यरातसम्म भएको बम विस्फोटमा साधारण नागरिक मृत्युवरण गरेका हुन्।मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका विवरण र तस्बिरमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको उल्लेख छ। उनले कुनार र पक्तियाका विभिन्न स्थानहरूमा पनि पाकिस्तानले हवाई आक्रमण गरेको दाबी गर्दै ती घटनामा कम्तीमा चार जना घाइते भएको जानकारी दिएका छन्।बीबीसीसँग कुरा गर्दा कुन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५३२ पटक पढिएको
  • अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो, भेनेजुएलाका राष्ट्रपतिले दिए कडा चेतावनी

    एजेन्सी— संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही सुरु गर्ने तयारी गरिरहेको बताएको छ ।भेनेजुएलासँगको सम्बन्ध बिग्रँदै जाँदा अमेरिकी सेनाले हालै क्यारिबियन सागरमा आफ्नो उपस्थिति बढाएको छ । सेप्टेम्बरको सुरुदेखि, अमेरिकी सेनाले २० भन्दा बढी कथित लागूपदार्थ तस्करी गर्ने डुङ्गाहरू डुबाइसकेका छन्, जसमा ८० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।&n

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २३० पटक पढिएको
  • रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

    सर्लाही— युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ४९७ पटक पढिएको
  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    एजेन्सी— बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो।प्राप्त विवरणअनुसार ८९ वर्षका धर्मेन्द्रको सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा निधन भएको हो। विले पार्ले श्मशानभूमिमा अहिले उनको अन्त्येष्टि भइरहेको छ, जहाँ अमिताभ बच्चन, आमिर खानलगायत धेरै सेलिब्रिटीहरू पुगेका छन्।यसअघि नोभेम्बर २४ (कार्तिक २५ गते) उनको निधन भएको हल्ला फैलिएको थियो । केही समय अस्पतालको बसाईपछि उनलाई घर लगिएको थियो।यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केरा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५७३ पटक पढिएको
  • नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, बिरामीहरूको सङ्ख्या बढ्दो

    एजेन्सी— पछिल्लो समयमा बढ्दो  वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ ।पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वासस

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५६० पटक पढिएको
  • आत्मघाती बम हमलामा तीन सुरक्षाकर्मीको मृत्यु,पाँच घाइते

    काठमाडौं— उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, “एक आक्रमणकारीले मुख्य गेटमै आफ्नो विस्फोटक विस्फोट गरायो भने दोस्रो बम हमलाकारीलाई पार्किङ क्षेत्रनजिकै हाम्रो सुरक्षाकर्मीहरूले गोली हानी घटनास्थलमै नियन्त्रणमा लिए ।”उनका अनुसार आक्रमणको समयमा मुख्यालयभित्र बिहानको

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५५२ पटक पढिएको
  • ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने

    काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ ।मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ ।भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोर

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३५१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.