विदेश

    Showing 651-660 of 1,587 items.
  • ह्यारिस आधिकारिक रूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार

    काठमाडौं- आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । डेमोक्रेटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् ।यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।”आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन् । वासिङ्टन पोस्टका अनुसार ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेदवार

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 333 पटक पढिएको
  • दिल्लीमा भारी वर्षापछि दुई जनाको मृत्यु

    काठमाडौं–भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार राति दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा एक महिला र साढे दुई वर्षकी छोरीको मृत्यु भएको हो । दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सबै विद्यालयहरू बन्द गरिएको छ । भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न भएका छन् । यसअघि दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी जमेर लोकसेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । यही विषयलाई ल

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 466 पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि टुंगो लगाउन बैठक जारी

    काठमाडौं–संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि टुंगो लगाउन गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बसिरहेको छ । बैठकमा कार्यदल सदस्यहरूसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदी, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायत पनि सहभागी छन् । बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा छन् ।  कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडि

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 457 पटक पढिएको
  • वायनाड पहिरोमा ज्यान गुमाउनेको संख्या २७० पुग्यो, २४० बेपत्ता

    काठमाडौं–केरलाको वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । दैनिक भास्करका अनुसार १३० जना घाइते छन् । विपद्मा २४० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । सोमबार राति मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको थियो । ४ वटा गाउँका पुल, सडक र सवारी साधन पनि बगेका थिए । सेना, वायुसेना, एनडीआरएफ र एसडीआरएफको टोलीले हजारौं मानिसको उद्धार गरेका छन् । तीन हजार मानिस राहत शिविरमा छन् । आज राहुल गान्धी र प्रियंका वायनाड पुग्नेछन्। गृहमन्त्री अमित शाहले संसदमा केरला सरकारलाई २३–२४ जुलाईमा नै अलर्ट गरिएको भनेका छन् । राज्य सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 600 पटक पढिएको
  • इरानमा हमासका राजनीतिक प्रमुख हानियाको हत्या

    काठमाडौं–हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले यसको पुष्टि गरेको छ । तेहरानमा उनको घरलाई लक्षित गरी भएको विष्फोटमा हमास प्रमुख हानिया र उनका एक अंगरक्षकको ज्यान गएको हो । हमासले पनि यसको पुष्टि गरेको छ । हमासले आफ्ना नेता इस्माइल हानियाको इरानको तेहरानमा ‘हत्या’ भएको उल्लेख गरेको छ । हानिया सन् २०१९ देखि प्यालेस्टाइन बाहिर बस्दै आएक थिए । यसअघि उनी कतारमा लुकेर बसेको बताइएको थियो । इस्माइल हानिया सन् २०१७ देखि हमासको प्रमुख राजनीतिक नेता थिए । हमासको सर्वोच्च निर्णय गर्ने निकाय शुरा काउन्सिलले उनलाई २०२१ मा चार वर्षको कार्यकालका लागि पुन: निर

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 334 पटक पढिएको
  • वायनाड बाढीपहिरो : १५१ जनाको मृत्यु, २२० जना बेपत्ता

    काठमाडौं– भारत, केरलाको वायनाडमा भारी वर्षाका कारण अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । घाइते ११६ जनाको उपचार भइरहेको छ । भारतीय अधिकारीहरूका अनुसार २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।  उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रातिको समयमा उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको हो । उद्धारमा वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो । तर वर्षाका कारण उनीहरू कोझिकोड फर्किनुपरेको थियो । लगातारको वर्षाका कारण कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले आफ्नो वायनाड भ्रमण र

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 382 पटक पढिएको
  • दुर्घटनापछि भारतमा रेल सेवा प्रभावित

    काठमाडौं–भारत, झारखण्डको सरायकेला–खरसावनमा आज बिहान मुम्बई–हावडा मेल दुर्घटना भएपछि केही रेलहरू रद्द भएका छन् । मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।केही रेलको आवतजावत तत्कालका लागि रोकिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।  हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिगबाट खसेपछि त्यसको छेउमा रोकिएको मालवाहक गाडीसँग ठोक्किएको थियो ।  दुर्घटनाका कारण केही रेललाई अन्य रुटबाट पनि डाइभर्ट गरिएको छ । रद्द भएका रेहरूमा २२८६१ हावडा–कान्तबाजी एक्सप्रेस, ०८०१५/१८०१९ खड़गपुर धनबाद एक्सप्रेस र १२०२१र१२०२२ हावडा बारबिल एक्सप्रेस समावेश छन् । 

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 356 पटक पढिएको
  • १३ बालबालिकाको मृत्युपछि नेतान्याहुले भने : ठूलो मूल्य चुकाउनुपर्छ

    काठमाडौं–इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा एकजना किशोर रहेका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबीलाई अस्वीकार गरेको छ । इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार भएको जानकारी गराएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 369 पटक पढिएको
  • मतभेदका बीच राष्ट्रपति बाइडेनसँग इजरायली प्रधानमन्त्रीको भेट

    काठमाडौं–इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।यसअघि बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त सभालाई सम्बोधन पनि गरेका थिए ।ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र बेन्जामिन नेतन्याहुले गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी गरेको बताएको छ ।अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले बाइडेनलाई भेटेका हुन् ।हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतान्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतान्याहुलाई भेटेकी छन् । ह्यारिसले

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 296 पटक पढिएको
  • अमेरिकी संसदमा नेतान्याहुले भने : हाम्रो युद्ध तिम्रो युद्ध, हाम्रो जित तिम्रो जित

    काठमाडौं–विरोधकाबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरे ।कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् ।’ नेतान्याहुले थप्दै भने, ‘जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ ।’उनले सांसदहरूसँग भने, ‘हाम्रो युद्ध तिम्रो युद्ध हो र हाम्रो जित तिम्रो जित हो ।’ धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू त्यहाँ उपस्थित

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 360 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा