विदेश

    Showing ६१-७० of २,१३३ items.
  • हर्मुज जलमार्ग खुलाउन इरानका थप सर्त, ओमानसँग वार्ता अन्तिम चरणमा

    काठमाडौं / इरानले हर्मुज जलमार्ग पुनः सञ्चालनका लागि ओमानसँग नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको जनाएको छ। यद्यपि, जलमार्ग पूर्ण रूपमा खुलाउन अमेरिकाले इरानले अघि सारेका सर्तहरू पूरा गर्नुपर्ने अडान तेहरानले दोहोर्‍याएको छ।अल जजिराका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी०का प्रवक्ता सरदार मोहिबीले ओमानसँग भइरहेको प्राविधिक वार्ता र अमेरिकासँग जोडिएका राजनीतिक सर्तहरू फरक विषय भएको बताएका छन्। उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले इरानका मागहरू स्वीकार गर्नुका साथै क्षेत्रीय मामिलामा हस्तक्षेप बन्द गर्नुपर्नेछ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २,१५९ पटक पढिएको
  • मेस्सीको फुटबल यात्रामा पिताको अविस्मरणीय योगदान

    काठमाडौं /अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै विश्व फुटबलमा मेस्सीको सफल यात्राका प्रमुख प्रेरक र मार्गदर्शकका रूपमा जर्जको योगदान पुनः चर्चामा आएको छ। स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका जर्जले पछि आफ्नो पेशा परिवर्तन गर्दै छोरा लियोनल मेस्सीको एजेन्ट र रणनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। उनले बाल्यकालदेखि नै मेस्सीको प्रतिभामा विश्वास गर्दै फुटबल करियर निर्माणका लागि निरन्तर साथ दिएका थिए।मेस्सीलाई अर्जेन्टिनाको क्लब न्यूइल्स ओल्ड ब्वाइजमा खेल्ने अवसर दिलाउनदेखि १३ वर्षको उमेरमा स्पेन लगेर बार्सिलोनाको य

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १६३ पटक पढिएको
  • स्युटामा आप्रवासीको चाप बढ्दा स्थानीय बासिन्दा दबाबमा

    एजेन्सी / स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा आप्रवासीको संख्या बढ्दै गएपछि स्थानीय बासिन्दा तथा प्रशासनमाथि दबाब बढेको छ। मोरक्कोसँग सीमा जोडिएको स्युटा युरोप प्रवेश गर्न खोज्ने अनियमित आप्रवासीका लागि महत्वपूर्ण मार्ग बनेपछि पछिल्लो समय यहाँको जनजीवन प्रभावित भएको हो। २० वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल र करिब ८० हजार जनसंख्या रहेको स्युटा लामो समयदेखि आप्रवासनको संवेदनशील केन्द्रका रूपमा रहँदै आएको छ। मोरक्कोबाट सीमा बार पार गरेर वा समुद्री मार्ग हुँदै स्पेन प्रवेश गर्ने प्रयास गर्ने आप्रवासीहरू स्युटामा पुग्ने गरेका छन्। स्युटा भौगोलिक रूपमा अफ्रिकामा रहे पनि स्पेनको हिस्सा भएकाले यो

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ६२२ पटक पढिएको
  • यमनमा फेरि चर्कियो युद्ध-३० सैनिक मारिए

    काठमाडौं। यमनमा फेरि युद्धको आगो बल्झिएको छ। हुथी विद्रोहीले सरकारी सैन्य शिविरहरूलाई लक्षित गर्दै गरेको भीषण ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ३० सरकारी सैनिक मारिएका छन् भने दर्जनौँ सैनिक घाइते भएका छन्। पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक सैन्य आक्रमण मानिएको यस घटनाले यमनको गृहयुद्ध फेरि चर्किने संकेत दिएको छ। यससँगै साउदी अरब, इरान र सम्पूर्ण मध्यपूर्वको सुरक्षा अवस्थामै नयाँ तनाव थपिएको छ।यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तस्थित सरकारी सैन्य शिविरहरूमा हुथी विद्रोहीले एकैपटक मिसाइल र ड्रोन प्रहार गरेका थिए। आक्रमणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको पुष्टि भएको

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १९८ पटक पढिएको
  • अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright Citizenship) को अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन्। यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चालेका हुन्।बिहीबार ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये पहिलो आदेशले नागरिकताका लागि अयोग्य हुने गैर-नागरिकहरूको परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ (Birth Tourism) भनिने अभ्यासमा प्रतिबन्ध लगाएको छ, जसमा गर्भवती महिलाहरू आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र अमेरिका आउने

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ६,५५७ पटक पढिएको
  • हिरोसिमा आणविक हमलाको ८१ वर्ष: पीडाको सम्झनासँगै शान्तिको सन्देश

    काठमाडौं / जापानले दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको छ। विनाशकारी आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै विश्व शान्ति र मानवताको संरक्षणमा जोड दिइएको छ। जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा आक्रमणका पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै स्मारकमा अद्यावधिक नामावली राखिएको थियो। हालसम्म स्मारकमा ३ लाख ५३ हजार ६३९ जनाको नाम समावेश गरिएको छ। सन् १९४५ अगस्ट ६ मा ब

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २७६ पटक पढिएको
  • शेख हसिनाको पत्रकार सम्मेलनपछि भारत–बंगलादेश सम्बन्धमा तनाव बढ्ने संकेत

    काठमाडौं / भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँदिल्लीबाट भर्चुअल पत्रकार सम्मेलन गरेपछि भारत–बंगलादेश सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने संकेत देखिएको छ।हसिनाले सम्मेलनमार्फत आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्दै गिरफ्तारी, कारावास वा मृत्युको जोखिमसमेत स्वीकार गर्न तयार रहेको बताएकी थिइन्। उनले बंगलादेश फर्केर जनताको साथमा उभिने र आफ्नो राजनीतिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। तर हसिनाले भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिएको विषयलाई लिएर बंगलादेश सरकारले असन्तुष्टि जनाएको छ।कूटनीतिक स्रोतहरूका अनुसार यस घटनाले दुई देशबीचको सम्बन

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २०८ पटक पढिएको
  • गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

    काठमाडौं / इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन् । उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले इजरायल डिफेन्स फोर्स आईडीएफका सैनिकहरूलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण गर्ने उद्देश्यसहित तथाकथित ‘बोर्ड अफ पिस’ ले तयार पारेको सम्झौता सार

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २,२९० पटक पढिएको
  • सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट: हवाई सुरक्षा सूचीबारे चर्चा

    काठमाडौं / सभामुख डोल प्रसाद डीपी अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेका छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अप

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३८० पटक पढिएको
  • ट्रम्पको नयाँ ट्यारिफ अदालतमा, २५ अमेरिकी राज्यले दिए कानुनी चुनौती

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ भन्सार शुल्क (ट्यारिफ) विरुद्ध अमेरिकाका २५ राज्यले अदालतमा मुद्दा दायर गरेका छन्।डेमोक्रेटिक नेतृत्व रहेका राज्यहरूले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतमा दायर गरेको मुद्दामा ट्रम्प प्रशासनको निर्णयलाई कानुनविपरीत, स्वेच्छाचारी र अव्यावहारिक भएको दाबी गरेका छन्।ट्रम्प प्रशासनले अमेरिकी व्यापार ऐन–१९७४ को ‘सेक्सन ३०१’ अन्तर्गत बेलायत, चीन, जापान, ब्राजिल, ताइवान र युरोपेली संघसहित ६० व्यापारिक साझेदार मुलुकबाट आयात हुने सामानमा १० देखि १२.५ प्रतिशतसम्म नयाँ भन्सार शुल्क लागू गरेको हो। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार यसले अमेर

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १४० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.