विदेश

    Showing ८०१-८१० of २,१३३ items.
  • बस र रोकिएको ट्रकबीच ठक्कर, १० को मृत्यु, ३५ घाइते

    भारतको पश्चिम बंगालस्थित पूर्व बर्धमान जिल्लामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।शुक्रबार बिहान बिहारका तीर्थयात्रीहरू बोकेको एक निजी बस पूर्व बर्धमानबाट दुर्गापुरतर्फ जाँदै थियो। बाटोमा सडक किनारमा रोकिएको ट्रकको पछाडि बस ठोक्किँदा दुर्घटना भएको बीबीसी हिन्दीले समाचार एजेन्सी पीटीआईको हवाला दिँदै जनाएको छ।दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइते ३५ जनालाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। मृतक र घाइते सबै जना बिहारका बासिन्दा भएको पुष्टि भएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ६५५ पटक पढिएको
  • गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध

    एजेन्सी – गाजा पट्टीमा सहायता आपूर्ति ढुवानी गर्न इजरायलले अवरोध गरेपछि त्यसको विरोध गरिएको छ । आपूर्ति दर्जनौं गैरसरकारी संस्थाहरूको अनुरोधलाई अस्वीकार गरिएपछि विज्ञप्ति नै जारी गरेर त्यसप्रति आपत्ति जनाइएको छ । बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा एकसय भन्दा बढी गैरसरकारी संस्थाहरू (एनजीओहरू) ले गाजामा आपूर्ति ल्याउने प्रयासमा अवरोध पु¥याएकोमा इजरायली सरकारको निन्दा गरेका हुन् । ‘इजरायलले गाजा पट्टीमा सहायता आपूर्ति ढुवानी गर्न दर्जनौं गैरसरकारी संस्थाहरूको अनुरोधलाई अस्वीकार गरेको छ । किनभने उनीहरू ‘सहायता पु¥याउन योग्य छैनन् भनिएको छ । जुलाईमा मात्र, दर्जनौं गैरसरकारी संस्थाहर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ८११ पटक पढिएको
  • कुवेतमा विषाक्त मदिरा सेवनले ६ नेपालीसहित १३ जना एशियालीको मृत्यु

    कुवेत– कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एशियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका थुप्रै व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। उनले मृत्यु भएका अधिकांश भारतीय र केही नेपाली भएको प्रारम्भिक जानकारी आएको बताए। मृतक नेपालीहरूको परिचय र उनीहरू कार्यरत कम्पनीबारे जानकारी संकलन भइरहेको छ।नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृत्यु हुने नेपालीको संख्या ६ रहेको

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ५८० पटक पढिएको
  • ‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

    काठमाडौं –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका लागि अब देशले आफ्नै जेट इन्जिन बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताए ।प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौं । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिशन मोडमा काम गर्नेछ ।’उनले भारतका वैज्ञानिक, इन्जिनियर, युवाशक्ति र सबै सरकारी निकायहरूलाई आह्वान गर्दै भने, ‘हाम्रो आफ्नै ‘मेड इन इंडिया’

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ७०५ पटक पढिएको
  • जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’ : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

    काठमाडौं – जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा (बादल फुट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । किश्तवाड जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जनाको शव ल्याइएको छ, जसमध्ये ११ जनाको पहिचान भइसकेको छ । मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले घाइतेको सङ्ख्या करिब १०० पुगेको जानकारी दिएका छन् ।घटनास्थलमा अचानक बाढी आएको थियो । यो क्षेत्र मचैल माता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेला ठुलो भीड रहेको बताइएको छ ।भारतीय सेनाक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ६३४ पटक पढिएको
  • कश्मीरमा विपद्: बाढी र पहिरोमा परी १२ को मृत्यु पुष्टि

    भारत— भारतको कश्मीरमा रहेको चोशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षामा परी हताहत भएकामध्ये १२ जनाको शव बरामद गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार, किश्तवर जिल्लामा मचैल माताको मन्दिरसम्मको यात्रा गरिरहेका भक्तजन आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) मा परेका थिए ।हताहत हुने मानिसको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।मचैल माताको मन्दिरसम्म पुग्नका लागि चोशोती गाडी पुग्ने अन्तिम गाउँ हो ।आजको घटनापछि वार्षिक तीर्थयात्रा बन्द गरिएको छ । अधिकारीहरूले राहत तथा उद्धारका लागि सबै स्रोतहरू परिचालन गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ७४२ पटक पढिएको
  • युरोप र अमेरिकाका नेताहरू रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरूमा सहमतः जेलेन्स्की

    काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकाका नेताहरु रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरुमा सहमत भएको बताएका छन् । युक्रेनफर्म समाचार एजेन्सीको रिपोर्ट अनुसार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले जोड दिए कि युक्रेन, रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्छ ।युक्रेनसँग सम्बन्धित सबै कुरा युक्रेनसँग मात्र छलफल गरिनुपर्छ, उनले युक्रेन, रुस र संयुक्त राज्य अमेरिका सम्मिलित त्रिपक्षीय वार्ताको तयारीको लागि आह्वान गर्दै भने । जेलेन्स्कीले युक्रेनको लागि युद्धविराम र सुरक्षा ग्यारेन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ५१७ पटक पढिएको
  • सङ्क्रमित फेन्टानिलका कारण अर्जेन्टिनामा ८७ जनाको मृत्यु, अनुसन्धान तीव्र

    अर्जेन्टिना— ब्याक्टेरियाले सङ्क्रमित फेन्टानिल औषधिको प्रयोगका कारण अर्जेन्टिनाका विभिन्न अस्पतालमा कम्तीमा ८७ जनाको ज्यान गएको पुष्टि भएको छ।गत मे महिनादेखि एक अर्जेन्टिनी अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित फेन्टानिलको प्रयोगबाट बिरामीको मृत्युको कारण खोज्न अनुसन्धान गरिरहेको छ।अर्जेन्टिनाको औषधि नियामक निकायको उजुरीका आधारमा सुरू गरिएको अनुसन्धानमा बिरामीहरूको अवस्था औषधि प्रयोगपछि झन् गम्भीर बनेको र केहीको मृत्यु समेत भएको उल्लेख गरिएको छ। एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा समाचार संस्था एएफपीलाई जानकारी दिएका थिए।अनुसन्धानको नेतृत्व गरिरहेका

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ७०७ पटक पढिएको
  • प्रधानमन्त्री ओलीको चीन र भारतका राष्ट्रप्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागिता जनाउने क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।प्रधानमन्त्री ओलीको यो सहभागिता ऐतिहासिक मानिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट एससीओ सम्मेलनमा यस्तो उच्चस्तरीय प्रतिनिधित्व यो पहिलोपटक हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा क्षेत्रीय सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा साझा चासोका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।सन् २००१ मा स्थापन भएको एससीओको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहकार्

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ८४० पटक पढिएको
  • क्यानडाका प्रधानमन्त्रीको भनाइ : घृणा र हिंसाका लागि हाम्रो देशमा ठाउँ छैन

    ओटावा – क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि भएको दुर्व्यवहारप्रति प्रधानमन्त्री मार्क कार्नीले कडा प्रतिक्रिया जनाएका छन्। उनले देशमा घृणा र हिंसा फैलाउनेलाई कुनै स्थान नहुने बताएका छन्।अगस्ट ११ मा मोर्गनको ग्रान्ट क्षेत्रस्थित बसमा यात्रा गरिरहेकी एक मुस्लिम महिलामाथि दुर्व्यवहार गरिएको थियो। पीडित महिलाले हिजाब लगाएकी थिइन्। उनलाई बिना कुनै उक्साहट अपमानित गरिएको, धम्की दिइएको र दुर्व्यवहार गरिएको क्यानडा सरकारले पुष्टि गरेको छ।प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै लेखेका छन्, "बिना कुनै उत्तेजना आक्रमण गरियो। उनलाई धम्की दिइयो र दुर्व्यवहार गरियो। यस घटनामा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५४६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.