एजेन्सी / एक जना कोरोना भाइरसका संक्रमित भेटिएपछि न्युजिल्यान्डमा देशव्यापी लकडाउन गरिएको छ। झन्डै ६ महिनापछि एक जना संक्रमित भेटिएपछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबार देखि लागू हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी छन्।न्युजिल्यान्डमा गत फेब्रुअरीपछि मंगलबार पहिलो पटक ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। अकल्यान्डका ती पुरुषले कोरोना विरूद्धको खोप लगाएका थिएनन्। उनलाई डेल्टा भेरियन्टको कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। संक्रमण पुष्टि हुनासाथ प्रधानमन्त्री अर्डेनले कडाखालको लकडाउन घोषणा गरेकी हुन्। अहिलेसम्म त्यहाँ पाँच जनामा संक्रमण फैलिएको पु
एजेन्सी //सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' बताएका छन्।यो पूरै देशका लागि गर्वको क्षण रहेको बताउँदै उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमिमा नहुने सुनिश्चित रहेको बताएका छन्। यस्तै सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका छन्।आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको समेत उनले जानकारी गराएका छन्। आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र
एजेन्सी / अमेरिकामा मुख्य कार्यालय रहेको सामाजिक सञ्जाल फेसबुकले तालिवान र तालिबानका लडाकु समूहलाई समर्थन गर्ने सामग्रीमाथि प्रतिबन्ध लगाएको छ।तालिबानलाई आफ्नो संस्थाले आतङ्कवादी संस्था मानेको भन्दै फेसबुकले तालिवान समर्थित सामग्रीमाथि प्रतिबन्धको घोषणा गरेको हो । फेसबुकले तालिबानसँग सम्बन्धित सामाग्रीको पहिचान गर्न र हटाउन अफगान विज्ञको छुट्टै समूह बनाएको पनि जानकारी गराएको छ ।फेसबुक सहितका सामाजिक संजाल प्रयोग गरी तालिबानले वर्षौँदेखि आफ्नो सूचना तथा सन्देश संसारभर प्रवाह गर्ने गरेको थियो ।अकाल्पनिक रुपमा अफगानिस्तान कब्जा गर्न सफल बनेको तालिबानको विषयलाई बहुराष्ट्रिय प्रविधि कम्प
बिर्तामोड(एजेन्सी) अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् ।तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । Acting Interior Minister Abdul Sattar Mirzakwal said Kabul will not be attacked and that the transition will happen peacefully. He assures Kabul residents that security forces will ensure the security of the city. pic.twitter.com/uim9LVqn9q— TOLOnews (@TOLOnews) August 15, 2021 अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणका
बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिरेका विवरणहरू प्राप्त हुन थालेका छन्। समाचारसंस्था रोएटर्सले आन्तरिक मामिला मन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन्।तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्। आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान
काठमाडौँ / अफगानिस्तानमा विद्रोही समूह तालिबानीले राजधानी काबुल बाहेक देशका मुख्य ठूला सहरहरु सबै कब्जा गरिसकेका छन् । बीबीसीका अनुसार तालिबानी समूहले पूर्वी सहर जलालावाद पनि आइतबार नियन्त्रणमा लिएका छन् । अफगान सरकारको पकडमा देशका प्रमुख सहरमध्ये अव राजधानी काबुल मात्रै बाँकी छ । तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्। तालिबान विद्रोहीले अहिले देशका अधिकांश क्षेत्रमा कब्जा गर्न सफल भएको छ । पछिल्लो हिंसाका कारण अफगानिस्तानमा साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् । विस्थापित भएकाहरूमध्ये धेरै राजधानी का
बिर्तामोड / सामाजिक सञ्जाल ट्वीटरले ६ दिनसम्म लक गरेको भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ ।ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउदै अनलक गरेको छ । ट्वीटरले कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरेको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या भएकी एक दलित बालिकाको दाहसंस्कारको तस्बिरमा पीडित परिवार सार्वजनिक गरेका थिए । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका हुन् । ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ ।
काठमाडौँ / टर्कीमा बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरू संसारभरि नै बढेको विज्ञहरूले बताएका छन् ।
काबुल(सिन्ह्वा) अफगानिस्तानमा तालिवान लडाकुको समुहले फेरी ठूला दुइ सहर कब्जा गरका छन् ।एकपछि अर्को शहरहरू कब्जा गरिरहेको तालिवान लडाकुहरूको समूहले शुक्रबार फेरी अर्का ठूला दुइ सहर कान्दहार र लस्कार गाह सहर पनि कब्जा गरेका हुन् । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् । कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।पछिल्ला दिनहरूमा
काठमाडौँ / भारतमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा अन्य ६० जना पुरिएको आशङ्का गरिएको छ ।भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)का अनुसार पहिरोमा पुरिएका १४ जना घाइतेलाई उद्धार गरिएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.