विदेश

    Showing ९७१-९८० of २,१३३ items.
  • एयर इन्डिया विमान दुर्घटना : कारण पत्ता लगाउन दबाब

    एजेन्सी— एयर इन्डियाको अहमदाबाद–लन्डन उडान (AI-171) दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विमान कम्पनीको लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै जिम्मेवार खोज्न सरकारलाई दबाब दिएका छन्।दुर्घटनामा २४१ यात्रु र ३८ स्थानीय बासिन्दा गरी २७९ जनाको मृत्यु भएको छ। एक मात्र जीवित व्यक्ति भारतीय मूलका बेलायती नागरिक विश्वकुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ।भारत सरकारले गठित उच्चस्तरीय समिति र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। ब्ल्याक बक्स फेला परेको छ र त्यसको डेटा विश्लेषण भइरहेको छ।पीडित परिवारहरूले डीएनए

    • प्रकाशित मितिः असार २, २०८२
    • ५०३ पटक पढिएको
  • युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु

    काठमाडौं - सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि

    • प्रकाशित मितिः असार २, २०८२
    • ३६७ पटक पढिएको
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको

    • प्रकाशित मितिः असार २, २०८२
    • ३६८ पटक पढिएको
  • इरानको सुरक्षा निकायमा ठुलो क्षति, इजरायली आक्रमणमा प्रमुख अधिकारी मारिए

    काठमाडौं— इजरायलको आक्रमणमा परी इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर (आईआरजीसी) को इन्टेलिजेन्स युनिट प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।इरानको सरकारी मिडियाले यसको पुष्टि गरेको हो । तस्मिन न्युज एजेन्सी तथा इरानको सरकारी टेलिभिजनले काजेमीका अलावा उनका डेपुटी हसन मोहकेक तथा कमान्डर मोहसिन बाकेरीको पनि उक्त आक्रमणमा परी मृत्यु भएको छ ।इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारदेखि भएकी इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको छ ।उता इरानले पनि इजरायलमाथि पुनः मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी १० जनाभन्दा बढीको मृत्यु भएको इजरायलले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • ३८४ पटक पढिएको
  • इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

    तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् । र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्।आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः असार १, २०८२
    • ४०९ पटक पढिएको
  • साउदीमा ५४४ नेपाली जेलमा, अधिकांश मदिरा र लागूऔषध प्रकरणमा

    काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १

    • प्रकाशित मितिः असार १, २०८२
    • ४४२ पटक पढिएको
  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं -  भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको

    • प्रकाशित मितिः असार १, २०८२
    • ३३३ पटक पढिएको
  • मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

    काठमाडौं -  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले फोन वार्तामा मध्यपूर्वको अवस्थाबारे छलफल गरेको क्रेमलिनले जनाएको छ ।कुराकानी ५० मिनेटसम्म चलेको थियो, यो ठोस, इमान्दार र धेरै उपयोगी थियो, रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने, यो स्वाभाविक रूपमा मध्यपूर्वको अवस्थाको खतरनाक बिग्रँदो अवस्थामा केन्द्रित थियो ।उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई इरान र इजरायलका नेताहरूसँगको आफ्नो हालैको फोन वार्ताको बारेमा जानकारी गराए ।‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व

    • प्रकाशित मितिः असार १, २०८२
    • ३४५ पटक पढिएको
  • इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं । इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको म

    • प्रकाशित मितिः असार १, २०८२
    • ३४० पटक पढिएको
  • अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

    वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।  पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भिर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरु बाँच्ने आशामा डाक्टरहरु छन् । मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्

    • प्रकाशित मितिः असार १, २०८२
    • ४३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.