विदेश

    Showing 971-980 of 1,514 items.
  • ३ हजार अमेरिकी नागरिक रूसविरुद्ध लड्न युक्रेन जाने

    काठमाडौं / युक्रेनले रुसी आक्रमण विरुद्ध लड्न विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि करिब ३,००० अमेरिकीले जवाफ दिएको वाशिङ्टन डिसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताएका छन् ।पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना नपठाए पनि लडाइमा सहयोग गर्न भने हतियार पठाउँदै आएका छन् । उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको “अन्तर्राष्ट्रिय सेना” गठन गर्न आह्वान गरेका हुन् । जेलेन्स्

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 185 पटक पढिएको
  • रूसद्धारा फेरी अल्पकालिक युद्धविराम घोषणा

    एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक पटक फेरि पश्चिमा राष्ट्रलाई युक्रेनमा ‘नो(फ्लाइ जोन’ अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न आह्वान गरेका छन् । तर, सैन्य सङ्गठन नेटोले त्यसको विरोध गरिरहेको छ । युद्धमा नो(फ्लाइ जोन भनेको विमानलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नबाट रोक्नको लागि हो । सामान्यतया आक्रमण वा निगरानीलाई नियन्त्रण गर्नका लागि हवाई प्रवेश रोकिन्छ । तर यस्तो प्रतिबन्ध सैन्य माध्यमबाट लागू गरिनु पर्छ ।युक्रेनमाथि नो(फ्लाइ जोन घोषणा गर्नुको अर्थ विशेष गरी नेटो सेना सहित अन्य सैन्य बलहरू आकाशहरूमा देखिएका कुनै पनि रुसी विमानहरूसँग प्रत्यक्ष

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 109 पटक पढिएको
  • अमेरिकाको मस्ट वान्टेड सूचीमा परेका हक्कानी पहिलो पटक सार्वजनिक

    एजेन्सी / अफगानिस्तानका अन्तरिम गृहमन्त्री तथा तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । अमेरिकाको मस्ट वान्टेड सूचीमा समेत रहेका हक्कानीका केही तस्वीरहरू सार्वजनिक भएका छन् । हक्कानी शनिबार काबुलमा अफगान पुलिस अधिकारीहरूको पासिङ आउट परेडमा सहभागी भएका थिए । अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि लाइभ प्रसारण गरिएको उक्त कार्यक्रम देखि नै हक्कानीका तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।यस क्रममा पुलिस अधिकारी र जनताका लागि नै मिडिया अगाडि आएको हक्कानीले बताएका छन् भने अहिलेसम्म सिराजुद्दीन हक्कानीको अनुहार धमिलो देखिएको एउटा मात्र त

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 142 पटक पढिएको
  • युक्रेनद्वारा अमेरिकासँग थप हतियार माग

    काठमाडौं  / युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग हतियार मागे गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले शनिबार अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।अमेरिकी कांग्रेसका करिब ३०० सदस्यहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बीबीसीले जनाएको छ । उनले सम्बोधनको क्रममा ‘युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा’ गर्नुपर्ने माग दोहोर्याएका थिए ।राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग र मानवीय सहायता आवश्यक रहेकोतर्फ अमेरिकी संसदको ध्यानाकर्षण गराएका थिए । तर, अमेरिकी संसदले

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 106 पटक पढिएको
  • रुसमा सञ्चारमाध्यमहरू माथि प्रतिबन्ध

    काठमाडौँ / रुसले सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युब गायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमहरूमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा फेक न्युज प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् । पछिल्ला केही वर्षमा रुसी सरकार

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 85 पटक पढिएको
  • रुस युक्रेन युद्ध : रुसले युक्रेनमाथि घोषणा गर्‍यो युद्धबिराम

    काठमाडौं \ रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । रुसको तर्फबाट गरिएको युद्धबिरामको घोषणामा ‘जबसम्म यहाँ फसेका सर्वसाधारणलाई बाहिर निकालिँदैन तबसम्म आक्रमण गरिने छैन’ भनिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।रुसले लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही बीचमा रुसले युद्धबिरामको घोषणा गरेको खबर आएको हो । रुस र युक्रेनबीच २ चरणमा वार्ता पनि भएको छ र तेस्रो चरणको वार्ता सम्भवतः आज वा भोलि सुरु हुँदैछ । युक्रेनमा त्यहाँका सर्वसाधा

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 143 पटक पढिएको
  • विश्व प्रसिद्ध स्पिनर शेन वार्नको निधन

    काठमाडौँ / अष्ट्रेलियाका विश्व प्रसिद्ध क्रिकेटर शेन वार्नको ५३ वर्षको उमेरमा निधन भएको छ । उनको आज निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएको छ ।वार्नको हृदयघातका कारण मृत्यु भएको खुल्न आएको छ । उनको जन्म सन् १९६९ मा भएको थियो । वार्नले टेष्ट क्रिकेटमा मात्रै ७ सय भन्दा बढी विकेट लिएका थिए । त्यस्तै एक दिवशीय र टेष्ट गरेर १ हजार विकेटको आँकडालाई छोएका थिए ।उनी कयौं स्पीनरका लागि आदर्श पुरुष रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 101 पटक पढिएको
  • युक्रेन र रुसको युद्ध : स्काई न्युजको टोलीमाथि युक्रेनमा आक्रमण

    एजेन्सी / रुसले युक्रेनमा गरेको आक्रमणको समाचार सङ्कलनमा खटिएको ब्रिटेनको समाचार च्यानल स्काई न्युजको एक टोलीमाथि आक्रमण गरेको छ ।मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो । तर उनीहरु चामत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ ।स्काई न्युजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ । भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरूले आफूहरू पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । समाचारमा घटनाबारे विस्तारमा जानकारी दिइएको छ ।आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् । स्टुअर

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 107 पटक पढिएको
  • मस्जिदभित्र बिस्फोट हुँदा ३० जनाको मृत्यु

    काठमाडौँ / पाकिस्तानको पेसावर शहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटनमा परी ५० जना बढी घाइते भएका छन् ।विस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ । उनीहरूले मस्जिदको सुरक्षामा रहेका प्रहरीमाथि गोली हानेका थिए । गोली हानाहानमा एक जना प्रहरी र आक्रमणकारीको मृत्यु भएको थियो। त्यहीबेला अर्का आत्मघाती मस्जिदभित्र छिरेर बम बिस्फोट गराएका थिए ।आक्रमणको जिम्मा कसैले लिएको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन् ।  

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 112 पटक पढिएको
  • चीनमा भटिए कोरोनाका नयाँ संक्रमित

    काठमाडौँ / चीनभित्रै कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका छन् । चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ संक्रमित देखिएका हुन् ।तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रका नागरिकमा पाइएको हो ।यहाँका स्थानीय नागरिकहरुबाटै उ

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा