काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषामा बोल्नेहरुको संख्या दिनानुदिन घट्दै गएको र अंग्रेजी भाषाप्रतिको मोह बढ्दै गएको बताएका छन् । त्यसैले भाषा संरक्षणको लागि सबै गम्भीर हुनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२१ को उपलक्ष्यमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ को समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो विचार व्यक्त गरेका हुन् ।

अंग्रेजी भाषाप्रतिको मोह गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताउनु हुँदै उपराष्ट्रपति पुनले भने, ‘‘बालबालिकासँग अभिभावकले नेपाली भाषामा पनि बोल्न छोडेका छन् । वालवालिकाको माध्यम भाषा नेपाली नभई अंग्रेजी हुन थालेको छ । यी तमाम हाम्रा कार्यले अन्ततः हाम्रो मातृभाषा लोप हुने गर्दछ । जब हाम्रो मातृभाषा लोप हुन्छ, हाम्रो मौलिक संस्कृति पनि लोप हुने गर्दछ र हाम्रो पहिचान पनि संकटमा पर्ने गर्दछ ।’’

उनले भाषा र संस्कृति नै नेपालीहरुको मूल पहिचान भएको बताए । ‘हामीले किन मातृभाषालाई बेवास्ता गरिरहेका छौं रु किन नेपाली भाषालाई बेवास्ता गरिरहेका छौं, अंग्रेजीप्रति यत्ति धेरै मोह किन भइरहेको छ रु’ उनले प्रश्न थियो रु

‘‘विभिन्न जाति, जनजातिका मातृभाषा बोल्नेको संख्यामा दिनानुदिन कमी आइरहेको छ । कतिपय भाषाहरु लोप भइसकेका छन् र कतिपय लोप हुने संघारमा पुगेका छन् । दशक अघि मातृभाषामा सम्वाद हुने परिवारमा आज नेपाली भाषामा सम्वाद हुन थालेको छ किनकी बालबालिकाहरुसँग अभिभावकहरु मातृभाषामा कुरा गर्न छाड्दै गएका छन् ।’’ उपराष्ट्रपति पुनले भने । 

कुनै पनि भाषा बोल्ने समुदाय बहुसंख्यक वा अल्पसंख्यक जस्तोसुकै भएपनि ती समुदायका ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृति, इतिहास, पुरातत्व लगायतका सम्पदाहरु समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिले समेत विशिष्ट एवम् महत्त्वपूर्ण हुने बताउँदै उनले यस्ता महत्त्वपूर्ण सामग्रीहरु भाषाकै माध्यमबाट जीवित रहने हुनाले कुनै पनि भाषालाई कम आंकलन गर्न नहुने बताए । 

साथै उपराष्ट्रपति पुनले मातृभाषा संरक्षण र सम्बद्र्धन लगायतका विषयमा भाषा विज्ञहरु, नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्था र नेपाल सरकारले समयमै गम्भीर ध्यान दिन जरुरी रहेकोसमेत औल्याए । 

कार्यक्रमको समुद्घाटन सत्रमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, उपकुलपति डा। जगमान गुरुङ, साहित्य विभाग प्रमुख लक्ष्मी माली लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस र यसको महत्त्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा तथा संस्कृतिको संरक्षण, विकास र सम्वद्र्धनमा निर्वाह गरिरहेको भूमिका बारे चर्चा गरेका थिए ।