काकडभिट्टा / प्रहरीले झापाको मेचीनगर –६ सीमा क्षेत्रमा रहेको मेची पुलबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
सादा पोषाकमा परिचालित प्रहरीले ब्राउन सुगर सहित पाँचथर आङ्ना –४ का झापाकै दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङको उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवै लाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको झापका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी गराएका छन् ।






































