विराटनगर / मादकपदार्थको सेवन गरेका दुई व्यक्तिले हातमा लगाउने  स्यानिटाइजर पिएपछि २ जनाको मृत्यु भएको छ ।

प्रहरीले स्यानिटाईजर पिएर मृत्यु हुनेमा झापाको शिवसतासी – ४ का विराटनगर – १७ बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा– ४ का ६० वर्षीय दिनेश मण्डल रहेको जनाएको छ । 

मादक पदार्थ सेवन गरेका उनीहरुले स्यानिटाइजर पिएपछि सिकिस्त बनेको अनि उपचारका लागि अस्पताल लगिएका दुवैको उपचारका क्रममा मृत्यु भएको कोशी अञ्चल अस्पताल स्रोतले जानकारी गराएको छ ।  

स्यानिटाइजरमा हुने विषादीका कारण दुवैको मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी गराएका छन् ।