काठमाडौं / विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरूलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको कार्यालयले बताएको छ । साढे २ किलोग्राम युरेनिमयसहित उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उनीहरूबाट बरामद भएको पदार्थ युरेनियम नै भएको प्रमाणित भएको हो ।




































