उदयपुर / उदयपुरमा बसको ठक्कर दिँदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको रहेका छन् । 

आज बिहान  चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की  नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।