५ असार, काठमाडौं/ भक्तपुरमा पानी जमेको खाल्डो भित्र एक बालकको शव भेटिएको छ ।

चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

रोजन शुक्रबार बिहान ११ बजेदेखि हराएपछि स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन्।

उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।a