काठमाडौँ / कोरोना भाइरस संक्रमण रोकथामका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ।

काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयमा बुधबारदेखि विविध सेवा सुचारु हुनेभएको छ। 

यातायात व्यवस्था कार्यालय जगातीले सुचना निकाल्दै भोलि असार ९ गते देखि सवारी चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीहरु, राजस्व संकलन एंव स्मार्टकार्ड वितरणको सेवाहरु सुचारु गर्ने जनाएको छ।