दिक्तेल / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरी बास्तला बस्ने ६९ वर्षीय अगमबहादुर राईको चट्याङ लागेर मृत्यु भएको छ।

बुधबार आफ्नै घरमा चिया पिईरहेको अवस्थामा परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङले राईकी ४५ वर्षीया छोरी र १४ वर्षीया नातिनी बेहोश भएका थिए। घाइते दुवैको सामान्यावस्था रहेको स्थानीय बताउछन् ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन् ।