धनुषा / आन्तरिक राजश्व कार्यलयका कर अधिकृत भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन्। कर अधिकृत रमेश ढकाललाई अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनमा घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो

अनुसन्धानका क्रममा ढकालले सेवाग्राहीसँग घुस लिएको प्रमाण पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

अख्तियारले १ लाख ५० हजार रूपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको छ ।

अख्तियारले ढकालसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गर्न अदालतसँग माग गरेको छ।