काठमाडौँ / नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत फेसबुक पेज सृजना गरी ठगी गरेको पाइएपछि बैंकले आज एक सूचना जारी गरेको छ।

बैंकले हालसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकाले कुनै किसिमको भ्रममा नपर्न सूचना मार्फत आग्रह गरेको हो। 

सामाजिक सञ्जाल  फेसबुकमा राष्ट्र बैंकको नाम, लोगो र पुरानो भवनको तस्विर राखी विभिन्न पेज मार्फत भ्रामक जानकारी र सूचना पोष्ट गरिएको पाइएपछि बैंकले त्यस्ता पोस्टमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

बैंकले अनधिकृत रुपमा फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्नेगराउनेलाई साइबर अपराधसम्बन्धी कानूनबमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराएको छ ।
nepal rastriya bank