बिर्तामोड /  निरन्तर परिरहेको बर्षाका कारण बिरिङ नदीमा आएको बाढीले झापा गाउँपालिकाका २० घर डुबानमा परेका छन् झापा गाउँपालिका खयरबारीको तटबन्ध भत्काएर खोला गाउँ पसेपछि घरहरु डुबानमा परेका हुन्

तटबन्ध भत्किए सँगै आसपासको बस्ती उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिएका छन्

त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् कमल गाउँपालिकाको वडा नं. झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. को बालुबथानतिर पस्ने अवस्था

जिल्लाका विभिन्न स्थानमा आजको अबिरल बर्षाका कारण स्थान जलमग्न भएको त्यसको विवरण आउन बाँकी रहेको समेत अध्यक्ष ढकालले बताएका छन्