कपिलवस्तु / छोराले विदेशमा राम्रो काम नपाएको भन्दै बुबाले वैदेशिक रोजगारीमा पठाउने एजेन्टको गोली हानी हत्या गरेका छन्। विजयनगर गाउँपालिका का ५० वर्षीय पशुपति कुर्मीले कृष्णनगर नगरपालिका १० बस्दै आएका ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेका हुन्

वैदेशिक रोजगारका लागि विदेश पठाउने कार्यमा संलग्न रहेका पुरीको बिहिबार राति साढे बजे गोली हानी हत्या भएको थियो। हत्यापछि फरार रहेका कुर्मीलाई कपिलवस्तु नगरपालिका नेपाल-भारत सीमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन्

बहराइन पठाउन लाख १५ हजार रुपैयाँ लिएका पुरीलाई छोराले राम्रो कम्पनी तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता मागेका थिए पटकपटक भन्दा  पैसा नपाएपछि कुर्मीले मार्ने योजना बनाएका थिए

यस घटनामा कुर्मी सहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएको र पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको अनुसन्धानका क्रममा पुष्टी भएको हो