बुटवल / बुटवलको चरचरेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका –५ बिरकोटका सुदिप गैरे रहेका छन् ।
चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गैरेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।






































