बिर्तामोड  / झापाको दमकबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ७ लाख बढी नगदसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दमक १ का नरेन्द्र थापा, सोही ठाउँका नरेन्द्र लिम्बु, हर्क धिमाल, इलाम चुलाचुली ६ का र्हक लिम्बु, दमक ६ का चन्द्र लिम्बु, सोही ठाउँका कृष्ण खतिवडा, सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

यस्तै दमक ८ का पूर्ण प्रकाश रिजाल, सुसन रिजाल, कुलराज खड्का र थिरराज खतिवडा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

थापाका अनुसार मंगलबार राती ११ बजे इलका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा दमक ८ का थिरराज खतिवडाको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ ।