काठमाण्डौ / गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ। गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो ।






































