बिर्तामोड / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराई रहेका छन् ।
आज बिहान साढे ७ बजे बिर्तामोड नगरपालिका –८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागी भुईँमा लड्दा गम्भिर घाईते भएका भट्टराईको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत थिए ।






































