इलाम / खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ४५ वर्षीय यम बहादुर सावा रहेका छन् ।
सावाँले बुधबार बिहान ७ बजे ५८ वर्षीय धन बहादुर राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सावालाई खुकुरी सहित नियन्त्रणमा लिएको हो ।
हत्या गरेको कारण खुल्न नसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






































