बिर्तामोड / बुधबार दिउँसो लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पबाट क्षति भएको विवरण आएको छैन। यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।






































