भद्रपुर / झापा कारागारका कैदीबन्दीहरुले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितहरूलाई राहत प्रदान गरेका छन् ।

कैदीबन्दीहरुले  बुधबार कारागारमा  आयोजित कार्यक्रमकाबीच ५० हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् । कैदीबन्दीले जेलर राजेन्द्र गौतमलाई सो रकम हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय झापा मार्फत उपलब्ध गराउने गरी कैदीवन्दीहरुले मानवीय धर्म अनुरूप आफूहरूको गाँस काटेर पीडितहरूलाई सो रकम उपलब्ध गराएको बताए । 

कार्यक्रममा जेलर गौतमले जिल्ला प्रशासन कार्यालय झापा मार्फत सहयोग रकमलाई पीडित समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।
रकम प्रदान गर्दै आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबे तथा सचिव युवराज गिरीले आफूहरूको गाँस काटेर छुट्याएको सो रकमले पीडित समक्ष थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे ।

झापा कारागारमा हाल ७६ जना महिला तथा ११ सय ४६ पुरुष  बन्दीहरू रहेका छन् । विगतमा पनि समस्या परेका पीडितहरूलाई कारागारले सहयोग प्रदान गरेको बन्दीहरूको भनाई छ ।