काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालप्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरेकी छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव-२०७७ मा नेपालको गीतशीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष देशको नक्साशीर्षकमा भोजपुरकी कविता राई लगायत छन् ।

विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता सङ्कल्पदृतिय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको आमा एक विश्वविद्यालयर तेह्रथुमकी रेजिना आपगाईंको समृद्ध नेपालको सपनाशीर्षकका कविता तृतीय भएको थियो ।

यस वर्ष धादिङकी अमृता स्मृतिको डढेलोपछि पनि वसन्त आउँछद्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको आमा म आएँ अबर नुवाकोटका प्रकाश सिलवालको बोधिसत्वको खोपशीर्षकका कविता तृतीय भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दृतियलाई ४० हजार र तृतीयलाई ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ ।

विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ ।