बिर्तामोड / राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य माधव विद्रोहीले विश्वसनीय र गुणस्तरीय समाचार लेख्न समाचारदातालाई आग्रह गरेका छन्।

रासस समितिको झापा कार्यालयले शुक्रबार आयोजना गरेको समाचार दातासँगको छलफलमा उनले घटनापरक समाचार भन्दा खोजमूलक, सकारात्मक सन्देश प्रवाह गर्ने तथा सन्तुलित समाचारमा ध्यान दिन राससका स्थानीय समाचारदातालाई निर्देशन दिएका हुन् ।

समाचारदाताको मूल्याङ्कन गर्ने आधार उसले लेखेको समाचार हो”, उनि भन्छन्, “छिटो सूचना प्रवाह गर्ने बहानामा सत्यतथ्यलाई तोडमोड गर्नुहुँदैन ।

कार्यक्रममा स्थानीय समाचारदाताले समाचारबाटै बाँच्न सक्ने गरी पारिश्रमिक वृद्धि गर्न समेत पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा रासस झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले कार्यालयले गरिरहेको कामका बारेमा जानकारी दिएकी थिइन् ।