देउखुरी / दाङको अमिलियाबाट खैरो हेरोइनसहित बाँकेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका१ बस्ने ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका३ मुक्तिनगर बस्ने ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका९ अमिलियाबाट प्रहरीले ११० ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।