संखुवासभा / भोजपुरको साल्पासिलिचो गाउँपालिका- ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार बसोबास गर्ने २५ बर्षीय युवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

असार ३० गते खाँदवारी नगरपालिका-९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे पछि प्रहरीले  गरेको अनुसन्धानमा मृतककै मित छोरा नाता पर्ने राईलाई सोधपुछ गर्ने क्रममा घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।