बागलुङ / काठेखोला गाउँपालिका५ बिहुँ काउले बस्ने ४८ वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रबहादुर पुन रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिएका छन्

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको भीरबाट लडेर मृत्यु भएको छ।

घटना बारे स्थानीयवासीले खबर गरेपछि बिहुँधम्जा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।