इलाका प्रहरी कार्यालय
मनहरीबाट खटिएको विशेष टोलीले बिहान पौने ३ बजे ना. ८ ख ८२८४ नम्बरको ट्रकभित्र ८१
किलो ३ सय ५० ग्राम लागूऔषध गाँजा फेला पारेको हो ।
हेटौंडा–नारायणघाट सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त
परिमाणको गाँजा बरामद गरेको र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको
प्रहरीले जानकारी दिएको छ ।




































