देउखुरी / बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका१० का ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

अभियुक्तद्वयले बुधबार बिहान घोराही उपमहानगरपालिका३ गोग्लीमा सिमेन्टको बोरामा बाघको छाला बोकी हिँडिरहेका बेला जिल्लाबाट परिचालित प्रहरी टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला, ४ इन्च लामो नङ्ग्रा र जुँगा सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको सामान सहित उनीहरुलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बदाइएको प्रहरीले जनाइएको छ ।