बिर्तामोड / चितवनको राप्ती नगरपालिका -३ कि सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका६ शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

सुकदेवलाई बिहिबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

नातामा सुजिताको ठूलोबुबाको छोरा दाजु पर्ने सुकदेवसँग असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सिर्जना भएको अनुसन्धानका क्रममा खुलेको रानाले जानकारी दिएका छन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन। बेपत्ता भएकै दिन दिउसो १२ बजे उनले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन्

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।